बुटवल - लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु भएको छ। आइतबार बिहान दुई र गएराति एक गरि तीन जना मृत्यु भएको अस्पतालले जनाएको छ।
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार दुई जनाको आकस्मिक कक्ष र एक जनाको बुटवल धागो कारखानास्थित कोरोना बिशेष अस्पतालको आइसियु कक्षमा मृत्यु भएको हो।
नवलपरासी भूमहीका ४८ वर्षीय पुरुषको बुटवल कोरोना बिशेष अस्पतालको आईसीयूमा उपचारका क्रममा आइतबार बिहान १२:४० बजे मृत्यु भएको हो। बैशाख २४ गते कोरोना पुष्टि भएका ती पुरुष २६ गते अस्पतालमा भर्ना भएका थिए।
यसैगरि गुल्मी सत्यवती गाउँपालिका ५ निवासि ४५ वर्षीय पुरुषको आकस्मिक वार्डमा उपचारका क्रममा मृत्यु भएको हो। बैशाख २८ गते भर्ना भएका उनको बिहान ५:१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
यसैगरि तिलोत्तमा ४ रुपन्देहीका ३६ वर्षीय पुरुषको आकस्मिक कक्षमा गएराती ९:५५ बजे मृत्यु भएको डा. गौतमले बताए। श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल ल्याइएका उनको आकस्मिक कक्षमै मृत्यु भएको हो। योसँगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ३ सय ३९ पुगेको छ।