काठमाडौं- कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आज जनस्वास्थ्य विज्ञ र निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गर्दैछन्।
दिउँसो ४ बजे प्रधानमन्त्रीले विज्ञ र निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गर्न लागेको उनका सञ्चारविज्ञ रामशरण बजगाईँले जानकारी दिए।
‘संक्रमणको रोकथाम, नियन्त्रणका लागि प्रभावकारी रुपमा अघि बढ्नका लागि छलफल गर्न लाग्नुभएको हो,’ बजगाईँले भने।
प्रधानमन्त्रीले पछिल्लो अवस्थाका बारेमा समीक्षा गर्ने सरकारले चाल्ने कदमका बारेमा जानकारी दिने कार्यक्रम रहेको छ।
विज्ञ र निजी क्षेत्रहरुको सुझावका आधारमा सरकारले थप रणनीति तयार गर्न लागेको बुझिएको छ।