बिहीबार, वैशाख १३, २०८१

बेवारिसे ३५० गाईबाच्छाको उद्धार

असहाय गाईबाच्छा संरक्षण अभियानले बितेका दुई वर्षमा सडक पेटीका बेवारिसे ३५० गाईबाछा विभिन्न स्थानबाट उद्धार गरी व्यवस्थापन गरेको छ।
 |  शनिबार, जेठ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १, २०७८

काठमाडौं- असहाय गाईबाच्छा संरक्षण अभियानले बितेका दुई वर्षमा सडक पेटीका बेवारिसे ३५० गाईबाछा विभिन्न स्थानबाट उद्धार गरी व्यवस्थापन गरेको छ। अभियानले उद्धार गरी छाना, खाना र उपचारको उचित प्रबन्धको सुनिश्चिततासमेत गरेको छ। 

triton college

खान नपाएर दुब्लाएका, पानी खान नपाएका, सडक दुर्घटनामा घाइते भएका, सानो उमेरमै बाटामा फालिएका, रेबिज रोग लागेका र अनेक किसिमले दुर्व्यवहारमा परेका गाईबाच्छाको संरक्षणका लागि २०७६ जेठ १ गते अभियान सुरुवात गरिएको थियो। 

बागमती सफाइका क्रममा हरेक दिन कम्तीमा एउटा बाच्छाको अन्त्येष्टि गर्नुपरेको  अनुभव समेट्दै अब उनीहरुले अकालमा मृत्युवरण गर्नु नपरोस् भन्ने हेतुले अभियान थालनी गरिएको अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए।

अभियानले स्थानीय सरकारले प्रत्येक नगर या गाउँपालिकामा एउटा कान्जिहाउस स्थापना गर्नुपर्ने, कृषि क्षेत्रमा लगानी गर्दा बाच्छा व्यवस्थापनको जिम्मेवारी सरकार स्वयंले बहन गर्नुपर्ने, राष्ट्रिय जनावर वा तिनका सन्तानमाथिको क्रुरतालाई कानूनी रुपमा दण्डित गरिनुपर्ने, एउटा स्थानीय एकाइबाट अर्को एकाइमा गाईबाच्छा ओसारपसारमा स्थानीय तहको अनुमति अनिवार्य गर्नुपर्ने माग गरेको छ। रासस

प्रकाशित: May 15, 2021| 09:19 शनिबार, जेठ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।