बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • तेस्रो पटक पदभार सम्हालेसँगै गृहमन्त्री थापाले गरे केही महत्वपूर्ण निर्णयमा हस्ताक्षर 

तेस्रो पटक पदभार सम्हालेसँगै गृहमन्त्री थापाले गरे केही महत्वपूर्ण निर्णयमा हस्ताक्षर 

गृहमन्त्रीको रुपमा तेस्रो पटक पदभार सम्हालेका गृहमन्त्री रामबहादुर थापा बादलले तीन महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका छन्।
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

काठमाडौं- गृहमन्त्रीको रुपमा तेस्रो पटक पदभार सम्हालेका गृहमन्त्री रामबहादुर थापा बादलले तीन महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका छन्।

triton college

पदभार ग्रहणपछि पहिलो निर्णय गृहमन्त्री थापाले कोरोनाको महामारीसँगै नजिकिँदै गरेको मनसुनजन्य विपदको समेत जोखिम न्यूनीकरण, पूर्वतयारी र व्यवस्थापन गरी मानवीय र आर्थिक क्षति न्यूनीकरण गर्न थप स्रोत साधन परिचालन तथा व्यवस्थापन गर्नेसम्बन्धी मानवीय सहायता र क्लस्टर एक्टिभेसनसम्बन्धी प्रस्तावमा हस्ताक्षर गरेका हुन्।

राष्ट्रिय विपद प्रतिकार्य कार्यढाँचामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय ढाँचाको तथा कार्यढाँचा र नेपालमा कार्यरत विषयगत क्षेत्रका सरकारी निकाय र सहयोगी निकायको व्यवस्था रहेको छ। सोहीबमोजिम विषयगत क्षेत्र र सहयोगी निकायलाई वर्तमान महामारीको प्रतिकार्य र आसन्न मनसुनजन्य विपदको जोखिम न्यूनीकरण र पूर्व तयारीका लागि सोसम्बन्धी प्रस्ताव पारित गरिएको हो। योसँगै संयुक्त राष्ट्रसंघीय आवसीय मानवीय संयोजकको कार्यालयमा सहयोगका लागि पत्र लेख्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई बाटो खुलेको छ। 

यसैगरी अर्को महत्वपूर्ण निर्णय कोरोनाको महामारीसँगै नजिकिँदै गरेको मनसुनजन्य विपदको समयलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय सहायता आह्वान गर्ने निर्णयमा समेत गृहमन्त्री थापाले हस्ताक्षर गरेका छन्। सो प्रस्ताव अर्थमन्त्रालयमा पठाइनेछ। कोरोना नियन्त्रणलाई थप सुदृढ र प्रभावकारी बनाउन, मनसुनजन्य विपदको पूर्व तयारी प्रभावकारी बनाउन सरकारी संयन्त्रका अलावा गैरसरकारी तथा अन्तर्राष्ट्रिय सहयोगको परिचालन आवश्यक देखिएको ठहर गर्दै सोसम्बन्धी प्रस्ताव गृहमन्त्रालयले अघि बढाएको हो।

यसैगरी गृहमन्त्रीले आज तेस्रो महत्वपूर्ण निर्णय अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्। यसअघि यससम्बन्धमा जारी आदेशको समयावधि जेठ २१ मा सकिन लागेकोले सोसम्बन्धी नयाँ प्रस्तावमा आज गृहमन्त्रीले हस्ताक्षर गरेका हुन्।

corrent noodles
Metro Mart

प्रकाशित: May 14, 2021| 15:22 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।