बुधबार, वैशाख १२, २०८१

जसपा संसदीय दलको नेतामा राजेन्द्र महतो चयन

जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएका छन्। सांसद प्रमोद साहले दलको नेतामा महतोलाई चयन गरिएको जानकारी दिए।
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएका छन्। सांसद प्रमोद साहले दलको नेतामा महतोलाई चयन गरिएको जानकारी दिए।

triton college

जसपाका बहुमत सांसदहरुले नेता चयन गरेको उनले बताए। २० जना सांसदहरुको उपस्थितिमा जसपाले दलको नेता चयन गरेको हो। जसपाका ३४ जनामध्ये अहिले ३२ जना सांसद छन्। २ जना निलम्बित छन्। ‘२० जना सांसदको उपस्थितिमा महतोलाई संसदीय दलको नेता चयन गरिएको हो,’ उनले भने’ पार्टी कार्यालय खुलेपछि निर्णय दर्ता गराउँछौं।’

संसदीय दलको नेता चयनसम्बन्धी बैठकमा उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षका सांसद भने सहभागी थिएनन्। उक्त पक्षले आफूसँग बहुमत सांसदहरु रहेको बताइरहेका बेला महतो नेतामा चयन भएका हुन्।

आन्तरिक विवादका कारण जसपाले अहिलेसम्म संसदीय दलको नेता छान्न सकेको थिएन।

प्रकाशित: May 14, 2021| 12:16 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।