काठमाडौं- सुन तस्करीबाट अकुत सम्पत्ति कमाएको अभियोगमा मुख्य अभियुक्त चुडामणी उप्रेती (गोरे) र निलम्बित एसएसपी श्याम खत्रीलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइने भएको छ । सम्पत्ति शुद्धीकरण विभागले काठमाडौं झिकाएको हो ।
३३ किलो सुन तस्करी र सनम शाक्यको हत्याबारे छानविन गर्न बनेको समितिको प्रारम्भिक अनुसन्धानमा उनीहरूले अकुत सम्पत्ति आर्जन गरेको देखिएको छ । सोही समितिको सिफारिसमा विभागले छानविन गर्न लागेको हो ।
उनीहरूलाई काठमाडौं ल्याएर थप अनुसन्धान गर्न मोरङ प्रहरी, जिल्ला अदालत मोरङ र कारागार व्यवस्थापन विभागमा समेत परिपत्र गरिएको छ। काठमाडौं ल्याएपछि उनीहरूसँग थप बयान लिइने समिति स्रोतले नेपाल समयलाई जानकारी दिएको छ । प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४