बुधबार, वैशाख ५, २०८१

तीन दलको निष्कर्ष : कच्चा खेल खेल्नु उचित होइन

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीले बहुमत नपुगी गठबन्धन सरकारको दाबी गर्नु उचित नरहेको निष्कर्ष निकालेका छन्।
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

काठमाडौं– नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीले बहुमत नपुगी गठबन्धन सरकारको दाबी गर्नु उचित नरहेको निष्कर्ष निकालेका छन्। तीन दलका शीर्ष नेताबीच शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको छलफलले यस्तो निष्कर्ष निकालेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

triton college

उनले भने, ‘माधव नेपालहरूले राजीनामा पनि नदिएको र महन्थ ठाकुरहरूले मतदान पनि नगरेको अवस्थामा कच्चा खेल खेल्नु उचित नभएको बैठकको ठहर छ।’ नेताहरुबीच प्रधानमन्त्री ओलीले विश्वासको मत लिने बेलासम्म थप रणनीति तय गर्ने सहमति भएको छ। श्रेष्ठले भने, ‘ओलीका गतिविधि हेरेर थप निष्कर्षमा पुग्ने सहमति भएको छ।’

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ,  नेत्री पम्फा भुसाल, ओनसरी घर्ती, जसपा नेता उपेन्द्र यादवलगायत सहभागी थिए।

 

प्रकाशित: May 14, 2021| 09:12 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।