शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य बीमालार्इ व्यवस्थित गर्छु : स्वास्थ्यमन्त्री यादव

स्वास्थ्य बीमालार्इ व्यवस्थित गर्छु : स्वास्थ्यमन्त्री यादव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
पोखरा- उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नेपालीको स्वास्थ्यलार्इ प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । 

संघीय समाजवादी फोरम पार्टीका अध्यक्षसमेत रहेका यादवले स‌ंघीय प्रेस फोरमले कास्कीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री यादवले मुलुकको आर्थिक व्यापार घाटा, गरिबी र बेरोजगार ढिलासुस्तीजस्ता विकृतिको अन्त्य गरी मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउने बताए । उनले स्वास्थ्य बीमालाई समिति गठन गरेर व्यवस्थित गरिने योजना रहेको बताए । 

मन्त्री यादवले गरिबी निवारणका लागि कृषिको आधुनिकीकरण, पर्यटन, जलस्रोतको उपयोगका साथै उद्योगधन्दाको विकासमा जोड दिनुपर्ने बताए । 

संविधान निर्माणका क्रममा भएका त्रुटिलाई संशोधनको माध्यमबाट सुधार गर्दै अगाडि बढ्ने उद्देश्यका साथ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सँग भएको दुईबुँदे सहमतिका आधारमा संघीय समाजवादी फोरम सरकारमा सामेल भएको बताए । 

वर्तमान सरकार दुई तिहाइभन्दा बढी बहुमतको सरकार बनेको भन्दै यादवले कानून बनाएर प्रदेशलाई अधिकार सम्पन्न बनाउन अपरिहार्य रहेको बताए । 

पहिचान, समावेशीता, स्वायतत्ता, सुशासनलगायतका जनताका आधारभूत आवश्यकताका रुपमा रहेका शिक्षा, स्वास्थ्य, आवास, खानेपानीलगायतका आवश्यकतालाई पूरा गराउन आफू सक्रियपूर्वक लाग्ने मन्त्री यादवले बताए । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।