बिहीबार, वैशाख १३, २०८१

हिमालयन र इन्भेष्टमेण्ट बैंकबीच मर्जरको सहमति

हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकबीच मर्जर तथा प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं– हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकबीच मर्जर तथा प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

triton college

आज बिहीबार इन्भेष्टमेण्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे र हिमालयन बैंकको तर्फबाट तुलसीप्रसाद गौतमले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

मर्जरपछि बन्ने बैंकको नाम, सञ्चालक समिति, अध्यक्ष र स्वाप रेसियो तथा उच्च व्यवस्थापनजस्ता विषयमा सहमति जुटेसँगै मर्जरको प्रारम्भिक सहमतिमा हस्ताक्षर भएको हो। 

मर्जरपछि बन्ने बैंकमा हिमालयनबाट तीन र नेपाल इन्भेस्टमेण्ट बैंकबाट तीन जना सञ्चालक रहने सहमति भएको छ। मर्जरपछि बैंकको नाम ‘हिमालयन एन्ड नेपाल इन्भेष्टमेण्ट’ रहनेछ।

सञ्चालक समिति अध्यक्षमा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिमालयन बैंकका अशोक राणा हुनेछन् । इन्भेष्टमेण्टका सीईओ ज्योति पाण्डे डेपुटी सीईओ हुनेछन्।

corrent noodles
Metro Mart

प्रकाशित: May 13, 2021| 10:36 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्