शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ : संक्रमित छटपटिँदै, मन्त्रीहरू शिलान्यास र निरीक्षणमा व्यस्त

प्रदेश २ : संक्रमित छटपटिँदै, मन्त्रीहरू शिलान्यास र निरीक्षणमा व्यस्त

सरकारकाे ध्यान साइकल बनाउन केन्द्रित छ भने मन्त्रीहरु मन्दिर निरीक्षण गर्न र शिलान्यासमै व्यस्त देखिन्छन्।
 |  बिहीबार, वैशाख ३०, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

बिहीबार, वैशाख ३०, २०७८

जनकपुरधाम– कोरोना संक्रमित नागरिकको उपचार नपाएर ज्यान गइरहे पनि प्रदेश सरकार भने यसबारे गम्भीर देखिएको छैन। सरकारका मन्त्रीहरु शिलान्यास, निरीक्षण र बजेट सक्न व्यस्त छन्।

triton college

प्रदेशमा स्रोतसाधन र दक्ष जनशक्ति अभावमा कोरोना संक्रमित उपचार पाउन सकिरहेका छैनन्। अक्सिजन र भेन्टिलेटरसहितको शय्या अभावका कारण दिनहुँ कैयौं संक्रमितको ज्यान गइरहेको छ। बुधबारसम्म प्रदेशमा सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ९३ पुगेको छ। यस्तै मृत्यु हुनेको संख्या २ सय ७० पुगेको छ। 

प्रदेश सरकार भने बजेट सक्ने चटारोमा छ। सरकारकाे ध्यान साइकल बनाउन केन्द्रित छ भने  मन्त्रीहरु मन्दिर निरीक्षण गर्न र शिलान्यासमै व्यस्त देखिन्छन्। सरकारले यसै बेला बेटी पढाऊ बेटी बचाऊ अभियानअन्तर्गत छात्रालाई साइकल वितरण गर्ने तयारीमा छ। यस क्रममा मधेस भवन परिसरभित्रको गोदाम घरमा साइकल बनाउन मजदुर परिचालन गरिएको छ।

मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ अभियानअन्तर्गत यस वर्ष १७ हजारसम्म साइकल बाँड्ने लक्ष्य लिएको अभियानका संयोजक प्रियंका यादवले बताए। ‘यस वर्ष १७ हजार साइकल बाँड्ने हाम्रो लक्ष्य  थियो। बीचमै निषेध आदेश भयो। साइकल बनाउने कार्य भने दु्रत गतिमा भइरहेको छ।’ उनका अनुसार अहिलेसम्म तीन हजार साइकल बाँडिसकिएको छ।  महामारीको संक्रमण साम्य भएलगत्तै बाँकी साइकल वितरण गर्ने योजना छ। उनका अनुसार पर्सा र जनकपुरधामका  स्टोरमा धमाधम साइकल तयार हुँदै छन्।’

सामाजिक विकासमन्त्री नवलकिशोर साह र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश राय बुधबार दलबलसहित मन्दिर निरीक्षणका लागि सप्तरी पुगेका थिए। उनीहरुले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका विभिन्न मन्दिर तथा पर्यटकीय स्थलमा निरीक्षण गरेका हुन्।

corrent noodles
Metro Mart

मन्त्रीद्वयले वैरवाको विवाह मण्डप, योगिनियाको बोटानिकल गार्डेन, सोही स्थानको निर्माणाधीन राधाकृष्ण मन्दिर र हनुमाननगरको राममन्दिरको स्थलगत निरीक्षण गरेका थिए।  मन्दिर निर्माण प्रदेश सरकारकै योजनामा चाँडै पूरा गरिने प्रतिबद्धतासमेत मन्त्रीद्वयले व्यक्त गरेका छन्।

मन्दिर निरीक्षण गर्न बुधबार सप्तरी पुगेका सामाजिक विकासमन्त्री नवलकिशोर साह र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश राय।

प्रदेश २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले भने मन्त्रीद्वय कोरोना संक्रमणको अवस्था बुझ्न सप्तरी गएको बताए। उनले कोरोना कालमा साइकल वितरण गर्न लागेको भन्ने आरोप  निराधार रहेको बताए। उनले भने, ‘साइकल वितरण पुरानै योजनाअनुसार भइरहेकाले यसलाई महामारीसँग नजोड्न  आग्रह गर्छु।’ 

उनले अहिले प्रदेश सरकारका सबै मन्त्री कोरोना रोकथाम तथा नियन्त्रणका लागि व्यस्त रहेको दाबीसमेत गरे। प्रदेश सरकारको प्राथमिकता नागरिकको जीवन रक्षा नै रहेको उनको भनाइ छ।  खुला सिमाना रहेकाले कोरोना नियन्त्रण तथा रोकथामका लागि निकै चुनौतीपूर्ण रहे पनि कोरोना संक्रमणको चेन ब्रेक गर्न प्रयास गरिरहेको यादवले बताए।

प्रकाशित: May 13, 2021| 06:20 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।