बुधबार, वैशाख १२, २०८१

नौ महिनामा ७.२९ खर्ब रेमिट्यान्स भित्रियाे

चालू आर्थिक वर्षको चैतसम्ममा ७ खर्ब २९ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

काठमाडौं- चालू आर्थिक वर्षको चैतसम्ममा ७ खर्ब २९ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

triton college

कोरोना भाइरसको प्रभावले वैदेशिक रोजगारीमा जाने कामदार घटे पनि रेमिट्यान्स भने १६.५ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। गत आवको यसै अवधिमा रेमिट्यान्स ४.२ प्रतिशतले घटेको थियो। 

चैतसम्ममा अमेरिकी डलरमा रेमिट्यान्स १३ प्रतिशतले वृद्धि भई ६ अर्ब १९ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ४.९ प्रतिशतले घटेको थियो।

चालू आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६६.७ प्रतिशतले घटेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.२ प्रतिशतले बढेको थियो। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या समीक्षा अवधिमा ५५.७ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १५.० प्रतिशतले घटेको थियो।

corrent noodles
Metro Mart

कोरोना भाइरसको महामारीसँगै हुन्डीलगायतका अनौपचारिक च्यानलबाट पठाउने रेमिट्यान्स औपचारिक रुपमा बैंकिङ च्यानलबाट आउन थालेकाले सकारात्मक प्रभाव परेको हो।

यसैगरी आयात कम भएको र उच्च शिक्षा, भ्रमण, तथा उपचारका लागि विदेश जाने नेपालीको संख्यासमेत घट्दा हुण्डीबाट हुने कारोबार घटेको बताइएको छ। यसैगरी अमेरिकी डलरको भाउ उच्च हुँदासमेत रेमिट्यान्स बढेको विश्लेषकहरुको अनुमान छ। 

प्रकाशित: May 12, 2021| 15:13 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्