शनिबार, वैशाख ८, २०८१

पर्साको अवस्था भयावह, निजी अस्पतालमा ब्रह्मलुट

पर्सामा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको छ। जिल्लाका निजी तथा सरकारी गरी ११ वटा अस्पतालले कोरोना संक्रमितको उपचार गरिरहेकोमा कोरोना संक्रमण दर यही गतिमा बढे थप बिरामीले उपचार पाउनै समस्या हुने देखिन्छ।
 |  बुधबार, वैशाख २९, २०७८

जियालाल साह

जियालाल साह

बुधबार, वैशाख २९, २०७८

पर्सा- पर्सामा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको छ। जिल्लाका निजी तथा सरकारी गरी ११ वटा अस्पतालले कोरोना संक्रमितको उपचार गरिरहेकोमा कोरोना संक्रमण दर यही गतिमा बढे थप बिरामीले उपचार पाउनै समस्या हुने देखिन्छ।

triton college

पर्साका सबै अस्पतालमा गरेर अब ७३ वटा एचडीयू, ५ वटा आईसीयू र ६ वटा मात्रै भेन्टिलेटर खाली छन्। वीरगंजको एकमात्रै सरकारी नारायणी अस्पताल र नारायणी बयोधा, नेशनल मेडिकल, बाबा अस्पताल, वीरगंज हेल्थ केयर, गण्डक हस्पिटल, तराई हस्पिटल, भवानी हस्पिटल, आशाराम हस्पिटल, प्रभु हस्पिटल, एडभान्स हस्पिटल र कृष्णा हस्पिटलमा गरी जम्मा ३०४ एचडीयू, १४३ आईसीयू र ४१ भेन्टिलेटर छन्।

जसमा हाल एचडीयूमा २३१ जना, आईसीयूमा १३८ जना र भेन्टिलेटरमा ३५ जना उपचाररत छन्। 

वीरगंज महानगरपालिकाले गोपाल मण्डलीमा बनाएको १०० बेडको आइसोलेसनमा २० जना उपचाररत रहेकाले त्यस आइसोलेसनलाई समेत एचडीयुको रुपमा विकास गरी उपचार गराउन सक्ने महानगर प्रमुख विजय सरावगीले बताए।
हाल सरकारीस्तरमा नारायणी अस्पतालमा एचडीयू ५०, आईसीयू ७५ र भेन्टिलेटर १८ वटा गरी कुल १४३ क्षमताको यस अस्पतालमा नागरिकले निःशुल्क उपचार गराइरहेका छन्। नारायणी बयोधाले एचडीयूमा १२ जना, आईसीयूमा ८ जना र भेन्टिलेटरमा ४ जना गरी २४ जनाको, एनएमसी बाबा अस्पतालले एचडीयूमा ६३ जना आईसीयूमा २५ जना र भेन्टिलेटरमा १० जना गरी ९८ जनाको उपचार गरिरहेका छन्।

यसैगरी वीरगंज हेल्थ केयरले एचडीयुमा १७ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा ३ जना गरी २५ जनाको, गण्डक हस्पिटलले एचडीयूमा १० जनालाई, तराई हस्पिटलले एचडीयूमा २० जना, आईसीयूमा ६ जना र भेन्टिलेटरमा २ जना गरी २८ जनाको उपचार गरिरहेका छन्। 

corrent noodles
Metro Mart

भवानी हस्पिटलले एचडीयूमा १८ जना, आईसीयूमा ९ जना र भेन्टिलेटरमा १ जना गरी २८ जनाको उपचार गरिरहेको छ। प्रभु हस्पिटलले एचडीयूमा १० जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा एकजना गरी १८ जनाको उपचार गरिरहेको छ। 
यस्तै एडभान्स हस्पिटलले एचडीयूमा १५, आईसीयूमा ३ जना गरी १८ जना र कृष्णा हस्पिटलले एचडियुमा १ जनालाई उपचार गरिरहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ।

निजी संस्थाको लुट

निजी स्वास्थ्य संस्थामा उपचार गराइरहेका कोरोनाका बिरामीहरुलाई अस्पतालले उपचारको तेब्बर रुपैयाँ लिएका कोरोना संक्रमितका आफन्तहरुको गुनासो छ।

पर्साका निजी अस्पतालमा भर्ना भएका बिरामीहरुसँग एचडीयु, आईसीयू, भेन्टिलेटरदेखि डाक्टरको एक राउण्डका लागि समेत तेब्बर रुपैयाँ र नर्सहरुको सेवा चार्जसमेत तोकिएको पाइएको छ।

एउटा समान्य एचडीयूको चार्ज मात्रै ६ हजारदेखि १० हजार, डाक्टर राउण्डको चार्ज थप १ हजार ५०० देखि ३ हजार, नर्सको चार्ज ५०० देखि २ हजारसम्म अक्सिजनको चार्ज ६०० देखि २ हजारसम्म लिने गरेको पाइएको छ। यसतर्फ स्थानीय प्रशासनको चासो नरहेको देखिन्छ।

प्रकाशित: May 12, 2021| 14:33 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।