शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • किसानका समस्या समाधान गर्न सरकार तत्पर छ : मन्त्री अर्याल

किसानका समस्या समाधान गर्न सरकार तत्पर छ : मन्त्री अर्याल

कोरोना महामारीबाट समस्यामा परेका किसानका समस्या समाधान गर्न तत्पर रहेको सरकारले बताएको छ।
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

काठमाडौं–  कोरोना महामारीबाट समस्यामा परेका किसानका समस्या समाधान गर्न तत्पर रहेको सरकारले बताएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समस्यामा परेका किसानका समस्या सामाधान गर्न मन्त्रालय तत्पर रहेको बताएको हो। 

triton college

मन्त्रालयले कोरोना महामारीले कृषि क्षेत्रमा पारेको प्रभाव तथा महामारीले कृषि उत्पादनका लागि आवश्यक पर्ने सामग्रीको व्यवस्थापन र उत्पादित उपजको बजारीकरण सहजिकरण गर्ने उद्देश्यले बुधबार आयोजना गरेको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले किसानका समस्या सामाधान गर्न मन्त्रालय तत्पर रहेको बताएकी हुन्।

मन्त्रालयले सरोकारवालाहरुबीच आयोजना गरेको भर्चुअल छलफलमा मन्त्री अर्यालले सरकारका तर्फबाट संकटको समयमा गर्नुपर्ने कामहरुमा आवश्यक छलफल गरी अगाडी बढ्ने बताइन्। अप्ठ्यारो परिस्थितिले उत्पन्न भएको समस्याको आवश्यक समाधानका निम्ति मन्त्रालयले पहल गर्ने मन्त्री अर्यालले बताइन्।

त्यस्तै मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले महामारीका कारण कृषि तथा पशुपन्छी क्षेत्रमा देखिएका समस्याहरुको समाधान गर्न मन्त्रालय गम्भीर रहेको बताए। महामारीमा किसान र कृषि उपजले भोगिरहेको समस्याको सामाधान गर्नका लागि आवश्यक छलफल गरी पहल कदमी थालिने सचिव कार्कीको भनाइ थियो।
 

प्रकाशित: May 12, 2021| 13:02 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्