शनिबार, वैशाख ८, २०८१

आजका अखबारः राष्ट्रपति निलम्बन हुने, सांसद नहुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित शनिबारका सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले प्रतिनिधिसभाको नियमावली पारित भएको विषयलाई मुख्य समाचार बनाएका छन् ।

नियमावली पारित भएसंगै संसद्का विषयगत समिति गठन, संवैधानिक निकायका पदाधिकारी नियुक्ति, राजदुत नियुक्ति एवम् सरकारकार काम कारबाहीमाथि संसद्को निगरानीका लागि मार्गप्रशस्त भएको छ । 

नियमावली पारित भएको विषयलाई आजको कान्तिपुर दैनिकले 'बाटो खुल्यो' शीर्षकमा मुख्य समाचार छापेको छ भने अन्नपूर्ण पोस्ट्ले 'दागी सांसदको पद निलम्बन नहुने' शीर्षक दिएर खबर छापेको छ । नागरिक दैनिकले भने 'राष्ट्रपति निलम्बन हुने, सांसद नहुने' शीर्षकमा खबर लेखेको छ । 

यस्तै आजका पत्रपत्रिकाले सदाचार नीति आउँदै, जनसंख्या बढ्दै सरकारी डाक्टर घट्दै, आरोहीको अक्सिजन नै गुणस्तरहीन लगायका खबरलाई पनि पहिलो पृष्ठमा स्थान दिएका छन् । 

राष्ट्रपति निलम्बन हुने, सांसद नहुने

नगरिक दैनिकमा प्रकाशित खबर अनुसार संविधानले महाअभियोग लाग्नेबित्तिकै राष्ट्रपति निलम्बन हुने व्यवस्था गरे पनि सांसद् भने फौजदारी फैजदारी अभियोग लाग्दा निलम्बन नहुने भएका छन् ।

फौजदारी अभियोग लाग्दा समेत सांसद् निलम्बन नहुने नयाँ व्यवस्था सहितका प्रतिनिधिसभा नियमावली शुक्रबारको संसद् बैठकले बहुमतले पारित गरेको छ । प्रचलित कानुनमा सार्वजनिक पद धारण गरेको व्यक्ति फौजदारी अभियोगमा पक्राउ परेमा स्वतः निलम्बन हुने व्यवस्थालाई कुल्चदैँ सांसदलाई भने यस नियमावलीले निलम्बन हुन नपर्ने सुविधा दिएको छ ।

संसद् नियमावलीको यस्तो व्यवस्थाले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद अब हत्या, अपहरण, शरीर बन्धक, राहदानी दुरुपयोग, जबरजस्ती करणी, खोटा सिक्का अपचलन, प्लेट अपहरण, मानव बेचबिखन जस्ता गम्भीर प्रकृतिका फौजदारी मुद्दामा संलग्न भए पनि निलम्बनमा पर्ने छैनन् ।

आरोहीको अक्सिजन नै गुणस्तरहीन

उच्च हिमाली क्षेत्रको आरोहण यसै पनि जोखिमपूर्ण हुन्छ । त्यसमाथि आरोहणमा जाँदा प्रयोग गरिने अक्सिजन गुणस्तरहीन भइदियो भने अवस्था कस्तो होला ?

तर यहाँ भइरहेको छ यस्तै । अन्नपूरर्ण पोस्ट्मा प्रकाशित खबर अनुसार हिमाल आरोहरणमा जाँदा प्रयोग गरिने अक्सिजन बिक्रीवितरणमा ठगी गर्ने गरेको पाइएको छ ।

उचाइमा लाग्ने ‘लिक्विड अक्सिजन’को सट्टा कम गुणस्तरका मेडिकल अक्सिजन प्रयोग गर्दै आरोहीसँग अधिक मूल्य लिइँदै आएको छ । मापदण्डबिना अक्सिजन कारोबार गर्ने कम्पनीसँग मिलेर ट्रेकिङ कम्पनीले आरोहीलाई लिक्विड अक्सिजनको सट्टा मेडिकल अक्सिजन सिलिन्डर प्रयोग गर्न लगाउने गरेको पाइएको छ ।

गुणस्तरहीन अक्सिजन प्रयोग गरी आरोहीसँग ट्रेकिङ कम्पनीहरूले चारदेखि पाँच सय डलरसम्म असुल गर्दै आएका छन् । मेडिकलमा पाइने सामान्य अक्सिजन हिमालमा प्रयोग गरिने लिक्विड अक्सिजनको बोतलमा भरेर ठगी गर्ने गरेको पाइएको हो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।