शनिबार, वैशाख ८, २०८१

बाँकेमा थप ११ काेराेना संक्रमितकाे मृत्यु

बाँकेका विभिन्न अस्पतालमा भर्ना भएका थप ११ संक्रमितको गए राति मृत्यु भएको छ।
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

बाँके - बाँकेका विभिन्न अस्पतालमा भर्ना भएका थप ११ संक्रमितको गए राति मृत्यु भएको छ।

triton college

भेरी अस्पताल नेपालगञ्जमा ६ र शिक्षण अस्पताल कोहलपुरमा पाँच गरी ११ को उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए। 

उनका अनुसार भेरी अस्पताल नेपालगन्जमा उपचाररत गुलरिया नगरपालिका-९ बर्दियाकी ४७ वर्षीया महिला, वनगाडकुपिण्डे नगरपालिका सल्यानका ५० वर्षीय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका-५ का ४४ वर्षीय पुरुष, नेपालगञ्ज-१६ की ४९ वर्षीया महिला, बर्दिया मधुवन नगरपालिका-६ का ५५ वर्षीय पुरुष र बढैयाताल गाउँपालिका बर्दियाका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो।

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत कैलाली घोडाघोडी नगरपालिका-१ का ६० वर्षीय पुरुष, कोहलपुर नगरपालिका-२ का ३० वर्षीया महिला, कोहलपुर-१० की ४५ वर्षीया महिला, कोहलपुर-११ का ४१ वर्षीय पुरुष र कोहलपुर-१४ की ६४ वर्षीया महिलाको पनि गएराति मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्दका स्रोत व्यक्ति वलीले जानकारी दिए।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या जिल्लाभित्रका २०४ र बाहिरी जिल्लाबाट उपचार गराउन आएका १५७ गरी ३६१ जना पुगेको छ।

corrent noodles
Metro Mart

प्रकाशित: May 12, 2021| 07:21 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।