शनिबार, वैशाख ८, २०८१

‘अक्सिजन-अक्सिजन’ भन्दै अस्पतालमा बिरामीको चीत्कार 

केहि दिनअघिसम्म भूइँमै भएपनि बिरामीले अक्सिजन सेवा पाएका थिए। तर, अहिले भने आइईसीयू/भेन्टिलेटर, एचडीयू बेडका बिरामीले पनि अक्सिजन पाएका छैनन्। वि
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

बुटवल - सामान्यतया बिरामी अस्पताल पुगेपछि बाचिने भइयो भनेर ढुक्क हुन्छ। पूर्वाधार, औषधी र चिकित्सकको उपलब्धताले बिरामीमा जीवनप्रतिको आसा जाग्छ। 

triton college

तर, अहिले अस्पताल पुगेका बिरामीमा सबैभन्दा बढी तनाव र बेचन छ। कोरोना संक्रमित भएका बिरामीले सुविधा सम्पन्न भनिएका अस्पतालमा भर्ना हुँदा पनि बारम्बार तनाव झेल्नुपरेको छ। त्यो हो, अक्सिजनको अभाव। 

केहि दिनअघिसम्म भूइँमै भएपनि बिरामीले अक्सिजन सेवा पाएका थिए। तर, अहिले भने आइईसीयू/भेन्टिलेटर, एचडीयू बेडका बिरामीले पनि अक्सिजन पाएका छैनन्।

गत ५ दिनदेखि बुटवल धागो कारखानास्थित कोरोना बिशेष अस्पतालमा बुवाको उपचारमा रहेका रुपन्देही तिलोत्तमाका प्रेम चौधरीले पटक-पटक अक्सिजन सकिँदा मानसिक रुपमा त्रसित र विक्षिप्त बनाएको गुनसो गरे। ‘सुविधा सम्पन्न भनेर यहाँ ल्याइएको हो, अक्सिजन नपाएर छेउकै बिरामी छटपटिएर मरेको देख्दा मन त्यसै अत्तासिएको छ,’ उनले भने। 

उनले दिनमा कम्तीमा पनि ४ देखि ५ पटकसम्म अक्सिजन सकिने र स्वास्थ्यकर्मीले आफै खोज्न भन्ने गरेको सुनाए। ‘हामीले नै अक्सिजन ल्याउन पर्ने भए, अस्पतालले के गर्ने हो? बिरामी हेर्ने की अक्सिजन खोज्ने?,’ उनको गुनासो छ।

corrent noodles
Metro Mart

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आकस्मिक कक्षमा झन बेहाल छ। अक्सिजन नपाएर पानी विनाको माछा जस्तै भएर बिरामीले ज्यान गुमाइरहेका छन्। अस्पतालको दृश्यले चिकित्सकहरूकै मन भक्कानिन्छ। बिरामीको उपचारमा खटिनुपर्ने चिकित्सक अक्सिजन खोज्दै भौतारिनुपरेको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्सन डा. नन्दु पाठक यो एकसाता जीवनमै सबैभन्दा कठिन समय भएको बताउँछन्। ‘२४सैं घन्टा अक्सिजनको खोजी गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘स्थिती असहज छ, सकेसम्म बिरामी बचाउने अभियानमा छौं।’ 

उनले दिनमा कम्तीमा पनि ४ देखि ५ पटकसम्म अक्सिजन सकिने र स्वास्थ्यकर्मीले आफै खोज्न भन्ने गरेको सुनाए। ‘हामीले नै अक्सिजन ल्याउन पर्ने भए, अस्पतालले के गर्ने हो? बिरामी हेर्ने की अक्सिजन खोज्ने?,’ उनको गुनासो छ।

लुम्बिनी प्रादेशिकको कोरोना बिशेषमा ३६ एचडीयू, १६ बेड आईसीयू र २ वटा भेन्टिलर छन्। सबै बेड बिरामीले भरिएका छन्। लुम्बिनी प्रादेशिकको फिभर क्लिनिकका ७ बेड पनि बिरामीले भरिएका छन्।

यसले बिरामी थेग्न नसकेपछि आकस्मिक कक्षमा बेड र भूइँसमेत गरेर ४० भन्दा बढी बिरामी छन्। सबैलाई हाई फ्लोको अक्सिजन दिनुपर्ने छ। दैनिक ५ देखि ६ सय लिटर न्यूनतम पनि अक्सिजनको खपत भइरहेको छ। तर, आपूर्ती भने ३ सय लिटर पनि हुनसकिरहेको छैन। 

सोमबार र मगंलबार अक्सिजन नपाएकै कारण ८ जना बिरामीले लुम्बिनीको आकस्मिक कक्षमा ज्यान गुमाए। यसका साथै ५ जनाले आईसीयू बेड नपाएकाले ज्यान गुमाए। 

अक्सिजनका लागि प्रशासनमा धर्ना

अस्पतालमा बिरामी अक्सिजन अभावले छटपटाइरहेका छन्। तर, चितवनबाट अक्सिजन आउन प्रशासन रोक लगायो। मंगलबार राति भैरहवास्थित यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेसका चिकित्सक र कर्मचारी रातभरि तनावमा परेँ। चितवन जिल्ला प्रशासनले बाहिरी जिल्लामा अक्सिजन पठाउन नदिने बताएपछि सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीको गेटमा राति १० देखि १२ बजेसम्म कर्मचारीहरू धर्नामा बसेँ।

मेडिकल कलेजमा कोरोना संक्रमित र अन्य बिरामी गरि २२० जना बिरामीका लागि अक्सिजन आवश्यक रहेको अस्पतालका प्रमुख प्रशासकीय अकिृतक कमल ढकालले बताए।

मेडिकल कलेजले चितवनस्थित स्वर्गद्वारी कम्पनीसँग १५० वटा अक्सिजन ल्याउने गरि सम्झौता गरेको थियो। ‘गाडी कम्पनीबाट बाहिर निस्कन चितवन सिडियोले रोक लगाउनुभयो, हामी रुपन्देहीका सिडियो गुहार्न गयौं, तर, उहाँले फोन उठाउनुभएन,’ मेडिकल कलेजका प्रशासन संयोजक तेज कुमार केसीले भने। 

रातभर प्रशासन र प्रहरीसँग हारगुहार गरे पनि सुनुवाई नहुँदा अक्सिजन समयमा व्यवस्थापन गर्न नसकेको उनले बताए। पछि गृहमन्त्रालयमार्फत चितवन प्रशासनले गाडी छोडेपछि विहान ३ बजे १ सय ५० अक्सिजन सिलिन्डर मेडिकल कलेजमा आइपुगेको छ। उनका अनुसार मेडिकल कलेजमा यसले अभाव पूर्ती गर्दैन। उनले मेडिकल कलेजमा दैनिक सय अक्सिजन खपत हुँदै आएकोमा अहिले ६ सय सिलिन्डर अक्सिजन खपत भइरहेको बताए।

मेडिकल कलेजमा कोरोना संक्रमित र अन्य बिरामी गरि २२० जना बिरामीका लागि अक्सिजन आवश्यक रहेको अस्पतालका प्रमुख प्रशासकीय अकिृतक कमल ढकालले बताए। घरघरमा अक्सिजन राख्ने र अक्सिजनको अत्यधिक खपतले गर्दा अक्सिजन अभाव रहेको उनले बताए। अक्सिजन नै नभएकाले तत्तकाल बिरामी लिन नसक्ने मेडिकल कलेजले जनाएको छ। 

रुपन्देहीको भीम अस्पतालमा पनि अक्सिजन अभाव छ। अक्सिजन अभाव देखिएपछि पोखरा, विराटनगर, विरगञ्ज, चितवनबाट समेत माग गरिएको अस्पतालले जनाएको छ। रुपन्देहीका अस्पतालमा दैनिक २१ सय सिलिन्डर माग भए पनि आपूर्ती भने ११ सय मात्रै रहेको उद्योगहरूले बताएका छन्। यहाँ तीन उद्योगले अक्सिजन उत्पादन गरिरहेका छन्।

तस्बिर : लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आकस्मिक कक्षमा भूइँमै उपचार गर्दै संक्रमित बिरामी

प्रकाशित: May 12, 2021| 06:25 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।