शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • महरले महाधिवेशनको मिति घोषणा गरेपछि नेविसंघमा भाँडभैलो

महरले महाधिवेशनको मिति घोषणा गरेपछि नेविसंघमा भाँडभैलो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाली कांग्रेसको भातृ संस्था नेपाल बिद्यार्थी संघमा देखिएको विवाद चर्किएको छ ।  

दुई वर्षअघिको महाधिवेशनमामा अध्यक्ष निर्वाचित नैनसिंह महरले विहीबार वाल्मिकी क्याम्पसमा आयोजित विद्यार्थीहरुको भेलामार्फत संगठनको १२ औं महाधिवेशनको मिति घोषणा गरेपछि विवाद चर्किएको हो। 

अध्यक्ष महरले विधान विपरित आफूखुसी संगठन चलाएको भन्दै उपाध्यक्ष रामप्रसाद अधिकारीसहितले विरोध जनाउँदै छुट्टै कार्यक्रम गर्न थालेपछि विवाद बाहिर आएको हो। विगत १४ महिनादेखि केन्द्रीय कार्य समिति बैठक समेत बस्न नसक्दा संगठनको गतिविधि सुस्त छ।

आफूले वाल्मिकी क्याम्पसमा आयोजित विद्यार्थीहरुको भेला मार्फत महाधिवेशनको मिति घोषणा गरेको अध्यक्ष महरले नेपालसमयलाई बताए। उनले भने ‘महाधिवेशन गर्ने मिति पहिले नै फिक्स भइसकेको हो।’ महरले आगामी २३ देखि २७ साउनसम्म महाधिवेशन काठमाडौंमा गरिने बताए।

महाधिवेशनबाट अध्यक्षसहित निर्वाचित एक सय २९ मध्ये ९३ जना अध्यक्ष महरका विरुद्ध लागेपछि उनले केन्द्रीय समिति बैठक समेत नबोलाएको महामन्त्री कुन्दनराज काफ्लेले बताए। उनले भने ‘महाधिवेशनको मिति केन्द्रीय समितिले तोक्नु पर्छ। अध्यक्षले भेलामा घोषणा गर्न मिल्दैन।’

नेविसंघको नाममा उपत्यकामा हप्तैपिच्छे हुने विभिन्न कार्यक्रम र गोष्ठी अध्यक्ष महर र महामन्त्री काफ्लेले वेग्ला–वेग्लै गर्ने गरेका छन् । नेविसंघको विवाद सडक पोखिन थालेपछि पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले अर्को निर्णय नहुन्जेलसम्म नेविसंघको नाममा कार्यक्रम नगर्न निर्देशन दिएका छन्।

तर उपत्यकामा सरकारका कामकारबाहीप्रति असन्तुष्टी जनाउँदै दिनैपिच्छे नेविसंघको व्यानर र तुलमा कार्यक्रम भए पनि ति कार्यक्रम अध्यक्ष महर वा महामन्त्री कुन्दन पक्षधरको हुने गरेको छ।

महरले १ –२० असारमा शैक्षिक संस्था, स्थानीय तह, जिल्ला र प्रदेशको अधिवेशन गर्ने मिति तोकेका छन्। तर महामन्त्री काफ्लेले महाधिवेशन गर्ने सम्बन्धनमा १४ महिनादेखि बैठक नबसेको र कुनै निर्णय समेत नभएको बताए।

पार्टीमा देखिएको गुटगत प्रभाव नेविसंघममा पनि देखिँदा संगठनमा विवाद बाहिर आउने गरेको छ। अध्यक्ष महर पार्टी सभापति शेरबहादुर देउवा पक्षधर मात्र नभएर उनको गृह जिल्ला डडेलधुराका वासिन्दा पनि हुन्।

महामन्त्री कुन्दन काफ्लले, उपाध्यक्ष रामप्रसाद अधिकारीहरु कृष्णप्रसाद सिटौला पक्षधर हुन भने नविन राई र उर्मिला थपलिया रामचन्द्र पौडेल पक्षधर हुन्। अध्यक्ष महर अल्पमतमा परेपछि उनले मनोनित गरेका कतिपय केन्द्रीय सदस्यले बैठकमा एक पटक भाग पनि लिन पाएका छैनन्।

महरले एक महामन्त्री, दुई उपाध्यक्ष, तीन सहमहामन्त्री र ११ केन्द्रीय सदस्य मनोनित गरिसकेका छन्। उनले पछि मनोनित गर्नेहरुको सख्या र नाम समेत पदाधिकारीहरुलाई थाहा नभएको काफ्लेले जनाए। नेविसंघको ११ औं महाधिवेशन भदौ २०७३ मा काठमाडौंमा भएको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।