बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • के केमा कडाइ हुँदै छ काठमाडौं उपत्यकामा? (सीडीओकाे आदेशसहित)

के केमा कडाइ हुँदै छ काठमाडौं उपत्यकामा? (सीडीओकाे आदेशसहित)

काठमाडौं उपत्यकामा जारी निषेध आदेश जेठ १३ गतेसम्म थपिएसँगै यसको कार्यान्वयनमा थप कडाइ गर्ने निर्णय पनि भएको छ। 
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

काठमाडौं– काठमाडौं उपत्यकामा जारी निषेध आदेश जेठ १३ गतेसम्म थपिएसँगै यसको कार्यान्वयनमा थप कडाइ गर्ने निर्णय पनि भएको छ। 

triton college

यसअघि १५ जनासम्म भेला भएर पार्टी प्यालेस वा होटलमा विवाह गर्न छुट भएकोमा त्यसमा रोक लगाउने निर्णय स्थानीय प्रशासनले गरेको छ। घरमा आयोजना गरिने वैवाहिक कार्यक्रममा पनि १० जनाभन्दा कममात्रै उपस्थित हुन पाइनेछ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निजी निर्माण कार्यमा पनि रोक लगाउने निर्णय गरेको छ। त्यसैगरी कालिमाटी र बल्खुको तरकारी बजारबाट खुद्रा तरकारी किनबेचमा रोक लगाइएको छ। 

किराना पसल र डिपार्टमेन्ट स्टोर बिहान १० बजेसम्म खोल्न दिने निर्णय भएको छ। यसअघि ९ बजेसम्म मात्रै खोल्न दिइएको थियो। बैंक तथा वित्तीय संस्थाका कार्यालय २५ प्रतिशतमात्र खोल्न निर्देशन दिइए पनि त्यसभन्दा बढी खुलेको निष्कर्ष निकाल्दै प्रशासनले अनुगमन गर्ने निर्णय गरेको छ। 

उपत्यकाका सरकारी कार्यालयबाट अत्यावश्यक बाहेकका सेवा प्रवाह स्थगित गरिएको छ। आन्तरिक कामका लागि थोरै कर्मचारी कार्यालय जाने र कर्मचारीलाई पनि अनावश्यक हिँडडुलमा रोक लगाउने निर्णय गरिएको छ।
 

corrent noodles
Metro Mart

काठमाडौंका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश

काठमाडौं उपत्यकामा नयाँ भेरियन्टको कोभिड–२१९ महामारीको संक्रमण तीव्र रुपमा बढिरहेको हुँदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय, संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी मिति २०७८।०१।२१ को आदेशलाई तपसिल बमोजिम हुने गरी मिति २०७८।०१।२९ गते राति १२ बजेदेखि  मिति २०७८।०२।१३ गते राति १२  बजेसम्म काठमाडौं जिल्लाभर लागू हुने गरी निरन्तरता दिइएको ब्यहोरा अनुरोध छ।

यो आदेशको पालना गर्नु गराउनु सबै व्यक्ति, संघसंस्था, पेशाकर्मी, व्यवसायी तथा आमनागरिकको
कर्तव्य हुनेछ र यो आदेशको उल्लंघन गरेमा प्रचलित कानुनअनुसार कारवाही हुने व्यहोरासमेत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

तपसिल
१. सर्वसाधारणको आवतजावतको हकमा 
क. औषधी, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामका साथ अत्यावश्यक सेवा लिनु पर्दा बाहेक कुनै पनि व्यक्ति घर वाहिर ननिस्किने। 
ख. दुई व्यक्ति बीच कम्तीमा २ मिटरको भौतिक दूरी कायम राख्ने।
ग. अनिवार्य रुपले मास्कको प्रयोग गर्ने। पटक पटक साबुन पानीले हात धुने र सेनिटाइजरको प्रयोग गर्ने।

२. सभा सम्मेलनको हकमा
क. सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहरी, नाचघर, क्लव, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, सैलून, ब्यूटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय, चिडियाखाना रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सञ्चालन गर्न नपाइने।
ख. विवाह व्रतबन्धको हकमा बढीमा १० जनासम्म स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गरी
आफ्नो घर वा बसेको स्थानमा मात्र गर्ने । होटल तथा पार्टी प्यालेसमा गर्न नपाउने ।
ग. विवाह वा ब्रतबन्धको हकमा २ वटा सवारी साधन प्रयोग गर्ने गरी ब्यानरका आधारमा आवतजावत गर्न पाउने।
घ. नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, साँस्कृतिक गतिविधिहरु संचालन गर्न नपाइने

३. अत्यावश्यक कार्यमा सवारी आवागमनको सहजीकरण
क. मृत्यु संस्कारका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिन पेश गर्नु पर्ने कागजातको हकमा मृत्यु संस्कारका लागि जानु पर्ने वा फर्किनु पर्ने अवस्थामा मृत्यु दर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिश, परिचय खुल्ने कागजातको प्रतिलिपी सहित निवेदन पेश गर्ने ।
ख. बिरामी तथा कुरुवाको हकमा काठमाडौं जिल्ला भित्रका बिरामी तथा कुरुवाको अस्पतालको भर्ना कार्ड वा रिपोर्ट कार्डका आधारमा आवतजावत गर्न पाउने र परिवारका सदस्य वा आफन्त विरामी भई काठमाडौं बाहिर जानु पर्ने अवस्थामा बिरामीको रिपोर्ट कार्ड, भर्ना कार्ड, परिचय खुल्ने कागजातको प्रतिलिपि सहित निवेदन पेश गर्ने।
ग. सुरक्षा गार्डहरुको हकमा परिचय पत्र र पोशाक लगाएर ड्युटी आवत जावत गर्न पाउने ।

४. सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनको हकमा
क. सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनमा मिति २०७८।०१।२९ गते राति १२ बजेदेखि मिति २०७८।०२।१३ गते रााति १२ बजेसम्म काठमाडौं जिल्लाभर रोक लगाउने।
ख. अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, विरामी तथा कुरूवा (बढीमा २ जना) बोकेका एम्वुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन काठमाडौं जिल्ला भित्र प्रवेशमा रोक लगाउने ।
ग. अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, विद्युत, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ र सोको प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला र पशुपंछीजन्य पदार्थ
घ. भेटनेरी सम्बन्धी,इन्धन, खाना पकाउने ग्यास, दूरसंचार, इन्टरनेट, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, सरसफाईमा प्रयोग गरिने सावुनास्यानिटाइजर, कुरियर तथा डॉक सेवा, प्रिन्ट तथा सरकारी छापाखाना लगायतका ढुवानी तथा यातायातका साधनमा विषय उल्लेख गरी संचालन गर्न पाउने।
ङ. अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था संस्थान, बिमा लगायतका कार्यालयहरुको सेवा प्रवाह स्थगन गर्ने र न्यूनतम कर्मचारी मात्र उपस्थित भई कार्यालयको आन्तरिक प्रशासन सञ्चालन गर्ने ।
च. सरकारी कार्यालयको हकमा मन्त्रालयको सचिव वा विभागीय प्रमुखद्वारा जारी गरेको सवारी पास र
परिचयपत्रका आधारमा आवातजावत गर्ने।
छ. सार्वजनिक संस्थारसंस्थानको हकमा सम्वन्धित प्रमुखले जारी गरेको सवारी पास र परिचय पत्रको आधारमा आवत जावत गर्ने
ज. बैंक तथा वित्तीय संस्थाको हकमा काठमाडौं उपत्यकामा २५ प्रतिशत शाखा कार्यालयहरु मात्र खुल्ला गर्ने र केन्द्रीय कार्यालयहरुले २० प्रतिशत मात्र जनशक्ति प्रयोग गरी कार्य संचालन गर्ने व्यवस्था मिलाई सो को विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन  कार्यालयलाई दिने । यसको अनुगमन जिल्ला प्रशासन कार्यालयबाट हुने ।
झ. बैक तथा वित्तीय संस्थाका सवारी साधन संचालनको हकमा सीमित सवारी पास जारी गरी सो को विवरण नेपाल बैंक र जिल्ला प्रशासन कार्यालयलाई दिने ।
 ञ. विकास निर्माण सम्बन्धमा सम्बन्धित आयोजनाहरुले नै आवासीय कामदार राखी अनिवार्य रुपले स्वास्थ्य मापदण्ड पालना गरी कार्य सञ्चालन गर्ने गराउने तथा निर्माण सामाग्री ढुवानी राति १० बजेदेखि बिहान ४ बजेसम्म मात्र आवतजावत गर्ने ।
ट. अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरुको हकमा हवाई टिकट, पासपोर्ट, भिषा हुनेहरुलाई सीधै एयरपोर्ट जाने सवारी साधनको हकमा सहजीकरण गरिने।
 

५. औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल जुनसुकै समय निर्वाध रुपमा संचालन गर्न पाइने।
 

६. अत्यावश्यक खाद्य सामग्रीको हकमा
क. अत्यावश्यक खाद्य सामाग्रीका पसल, व्यवसाय र डिपार्मेन्ट स्टोर (खाद्य सामग्री मात्र बिक्री गर्ने
प्रयोजनको लागि) बिहान १० बजेसम्म मात्र खुला गर्ने। तरकारी तथा फलफूलको थोक बजारमा  फुटकर बिक्री वितरण नगर्ने।
ख. खाद्य सामग्री, ग्रोसरी पसल, औषधि पसल जस्ता अत्यावश्यक सेवाका व्यवसाय संचालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्ने।

७. पत्रकार तथा सञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासका आधारमा आवत जावतमा सहजीकरण गर्ने। सूचना विभागको प्रेस पास नभएका संचारकर्मीरकर्मचारीको हकमा सम्वन्धित संचार गृहहरुले न्यूनतम कर्मचारीहरु मात्र खटाउने र सो को विवरण जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउने।

८. निलो प्लेटका सवारी साधनको हकमा परिचय वाहक पदाधिकारी तथा कर्मचारीलाई सवारी पास आवश्यक नपर्ने।

९. प्रिन्टिङ प्रेसमा काम गर्ने, सुरक्षा सम्बद्ध कर्मचारी तथा औषधी आपूर्ति गर्ने परिचय वाहक व्यक्तिको हकमा सम्बद्ध निकाय तथा आपूर्ति कर्ताको अनुमतिपत्र भए सवारी पास नचाहिने।

१०. फुटपाथ तथा खुल्ला ठाउँ तथा ठेलागाडा वा साइकलमा संचालन हुने विभिन्न व्यापार व्यवसाय सञ्चालन एवं कवाडी संकलन गर्न रोक लगाउने।

प्रकाशित: May 11, 2021| 09:53 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।