मंगलबार, वैशाख ११, २०८१

मोरङ र सुनसरीमा १० संक्रमितको मृत्यु 

मोरङ र सुनसरीमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ। 
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

विराटनगर - मोरङ र सुनसरीमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ। 

triton college

सोमबार रातिदेखि मंगलबार बिहानसम्ममा तीन जना विराटनगरका ३, उदयपुर र धनुषाका २/२, सुनसरी, झापा र तनहुँका  १/१ संक्रमितको मृत्यु भएको हो। 

विराट शिक्षण अस्पताल बुढीगंगामा विराटनगर महानगरपालिका–६ की ७० वर्षीया वृद्धाको मंगलबार बिहान १ बजेतिर मृत्यु भएको हो। विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवका अनुसार पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि वृद्धालाई उपचारका लागि वैशाख १९ गते भर्ना गरिएको थियो। 

विराट नर्सिङ होम विराटनगरमा उपचाररत धनुषाको विदेह–५ का ५५ वर्षीय पुरुषको पनि बिहान ९ बजेतिर मृत्यु भएको छ। कोरोना रिपोर्ट पोजिटिभ आएका उनलाई उपचारका लागि वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो। 

विराटनगर–१६ का ५२ वर्षीय पुरुषको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ। अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार उनको बिहान ४ बजेतिर मृत्यु भएको हो। कोरोना संक्रमण भएपछि वैशाख २० गते उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

corrent noodles
Metro Mart

धनुषाको जनकपुर–४ का ५२ वर्षीय पुरुषको पनि नोबेलमै मृत्यु भएको छ। उनको बिहान ४:३० मृत्यु भएको हो।

उदयपुरको त्रियुगा नगरपालिका–८ का ५५ वर्षीय पुरुषको पनि नोबेलमै मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख २६ गते अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। उनको बिहान ६:३० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ।

दयपुरको त्रियुगा–५ का ५० वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ। केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि वैशाख २५ गते अस्पताल भर्ना गरिएको थियो। उनको उपचारकै क्रममा बिहानका राति १:३० बजेतिर मृत्यु भएको राजवंशीले बताए। 

झापाको दमक नगरपालिका–८ की ५६ वर्षीया महिलाको पनि कोशीमै मृत्यु भएको छ। बिहानका राति १२:१५ बजेतिर उनको मृत्यु भएको हो। 

कोशी कोभिडमा विराटनगर–१० का ६८ वर्षीय वृद्ध पुरुषको पनि मृत्यु भएको छ। पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि वैशाख १३ गते अस्पताल भर्ना गरिएको सूचना अधिकारी राजवंशीले बताए। 

तनहुँका ६० वर्षीय पुरुषको पनि कोशीमै मृत्यु भएको छ। उनको राति ८ बजेतिर मृत्यु भएको हो। राजवंशीका अनुसार कोरोना संक्रमण देखिएका पुरुषलाई उपचारका लागि वैशाख २६ गते अस्पताल भर्ना गरिएको थियो। मृतकहरूमा मुटु र फोक्सो सम्बन्धीको पुरानै समस्या भएकाहरू छन्।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि मंगलबार बिहान एक जना पुरुषको मृत्यु भएको छ। सुनसरीको धरान उपमहानगरपालिका–३ का ४६ वर्षीय पुरुषको बिहानका राति १२:४८ बजेतिर मृत्यु भएको हो। प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए।

प्रकाशित: May 11, 2021| 06:10 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।