बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • डाेल्पा : थन्क्याइयाे अक्सिजन प्लान्ट, समस्यामा कोरोना संक्रमित

डाेल्पा : थन्क्याइयाे अक्सिजन प्लान्ट, समस्यामा कोरोना संक्रमित

स्वास्थ्य सेवा कार्यालयमा दुई हप्ता अघिदेखि अक्सिजन प्लान्ट आएर थन्किएको छ।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

डाेल्पा - स्वास्थ्य सेवा कार्यालयमा दुई हप्ता अघिदेखि अक्सिजन प्लान्ट आएर थन्किएको छ।

triton college

जिल्लामा कोरोनाका बिरामी आएर समस्या परे पनि प्लान्ट खरिद गरेर बन्द कोठामा थन्क्याउने काम भएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका निमित्त प्रमुख अमरसिंह शाहीले जानकारी दिए।

दुई हप्ताअघि डोल्पा पुगेको प्लान्ट जडान  गर्ने बायोमेडिक इन्जिनियर नहुँदा थन्किएको शाहीले जानकारी दिए। 

ड्रागन मेडिटेक प्रालि सुर्खेतले २९ लाख रूपैयाँमा उक्त प्लान्ट खरिदको गरेको थियो। बायोमेडिक इन्जिनियर नभएको भन्दै उक्त प्लान्ट जोड्न प्रालिले ढिलासुस्ती गरिरहेको निमित्त स्वास्थ्य प्रमुख शाहीले बताए। 

शाहीका अनुसार बारम्बार ताकेता गर्दा पनि आफूहरूसँग बायोमेडिक इन्जिनियर दुईजना रहेकाले सबैतिर भ्याउन नसकेको प्रालिले बताउने गरेको छ।

corrent noodles
Metro Mart

हाल कार्यालयमा थन्किएर राखिएको प्लान्टबाट प्रतिघण्टा ४० लिटर अक्सिजन उत्पादन गर्ने र एकै पटकमा कम्तीमा पनि २५ देखि ३० शय्या पाइपमार्फत् अक्सिजन दिन सकिने डा. मेलिना हमालले जानकारी दिइन्। रासस

प्रकाशित: May 10, 2021| 01:30 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।