काठमाडौं- अफगानिस्तानको काबुल नजिकै स्कुलबाहिर शनिबार गराइएको बम विस्फोटमा कम्तीमा २५ जनाको ज्यान गएको छ। त्यहाँको गृह मन्त्रालयका प्रवक्ता तारिक अरियानका अनुसार घटनामा ५२ जना घाइते भएका छन्।
मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ। बम विस्फोट काबुलभन्दा पश्चिम दस्त ए बार्चीको एक स्कुल बाहिर गराइएको थियो। एएफपीका अनुसार घटनाका बेला विद्यालयभित्र बालबालिका थिए भने बाहिर पनि मानिस चहलपहल बाक्लो थियो।
आक्रमणकारीले इद उल फित्रका अवसरमा मानिसहरु किनमेलमा बजारमा निस्किएका बेला निसाना बनाएको समाचारमा उल्लेख छ। एएफपी