बिहीबार, वैशाख १३, २०८१

मकवानपुरमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

मकवानपुरको पश्चिमी भेगमा पर्ने राक्सिराङ गाउँपालिका–१, बेलटारस्थित बेसीघाटमा गएराति जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
 |  शनिबार, वैशाख २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २५, २०७८

हेटौंडा - मकवानपुरको पश्चिमी भेगमा पर्ने राक्सिराङ गाउँपालिका–१, बेलटारस्थित बेसीघाटमा गएराति जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय १७ वर्षीय दिनेश स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। 

triton college

उनका अनुसार, बेसीघाटबाट हेटौंडातर्फ आउँदै गरेको ना १५ च ३९२० नम्बरको जिप आफैं अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खस्दा स्याङ्तानको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा जिप चालकसहित अन्य ५ जना घाइते भएका छन्। घाइते हुनेहरूमा चालक सोही ठाउँ बस्ने २५ वर्षीय दीपेन्द्र ल्हो, जिपमा सवार १८ वर्षीया मञ्जु ल्हो, १६ वर्षीय अमृत दोङ,  २३ वर्षीया आकृति मोक्तान र मनहरि गाउँपालिका–७ बस्ने १७ वर्षीय दोर्जे गोङ्वा रहेको प्रहरीले जनाएको छ। 

घाइतेको हेटौंडा चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। रासस

प्रकाशित: May 08, 2021| 03:31 शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।