शनिबार, वैशाख ८, २०८१

बजारमा खाद्यान्न पर्याप्त, मजदुर भाेकै

खरिद गर्न सक्ने वर्गका लागि विभागले भनेजस्तै आपूर्ति व्यवस्थामा कुनै समस्या छैन। तर, दैनिक मजदुरी गरेर छाक टार्नेको मजदुरी गुमेको छ पछिल्लो समय गरिएको निषेध आदेशका कारण।
 |  शनिबार, वैशाख २५, २०७८

प्रेम चन्द

प्रेम चन्द

शनिबार, वैशाख २५, २०७८

खरिद गर्न सक्ने वर्गका लागि विभागले भनेजस्तै आपूर्ति व्यवस्थामा कुनै समस्या छैन। तर, दैनिक मजदुरी गरेर छाक टार्नेको मजदुरी गुमेको छ पछिल्लो समय गरिएको निषेध आदेशका कारण।

triton college

काठमाडौं– दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रण गर्ने भन्दै काठमाडौं उपत्यकाका स्थानीय प्रशासनले निषेध आदेश जारी गरेको ९ दिन पुगिसकेको छ। १६ वैशाखदेखि निषेध आदेश जारी गरेको सरकारले बजारमा दैनिक उपभोग्य सामग्री प्रशस्त रहेको बताइरहेको छ। 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत सोमबार सूचना जारी गर्दै बजारमा खाद्यान्न एवं दैनिक उपभोग्य वस्तुको आपूर्ति पर्याप्त रहेको जानकारी दिएको छ।

सूचनामा आपूर्ति व्यवस्था सूचारु रहेको, उत्पादक तथा ठूला आयातकर्ता, वितरक एवं थोक विक्रेताका गोदामहरुको अनुगमन गर्दा दैनिक उपभोग्य खाद्यान्न वस्तुहरु दाल, चामल, घिउ, तेल, गेडागुडी, मैदा, पिठो चिनी, मैदा, नुन आदि पर्याप्त मात्रामा स्टक रहेको उल्लेख छ। बजारमा दैनिक उपभोग्य वस्तु पर्याप्त रहेकाले अनावश्यक मात्रामा स्टक नराख्न उपभोक्तामा आग्रह गरिएको छ।

विभागका महानिर्देशक प्रकाश पौडेलका अनुसार हाल रहेको स्टक खाद्यान्नले ३ महिनाको लागि माग धान्छ। आयातमा पनि कुनै अवरोध नरहेकाले आपूर्तिमा कुनै समस्या नरहेको महानिर्देशक पौडलले नेपाल समयलाई बताए। ‘हामीले काठमाडौंका गोदाममा गएर हेर्दा खाद्यान्नका ट्रकहरु दैनिक आइरहेकै देखियो। आपूर्ति पर्याप्त भइरहेकै छ,’ पौडेलले भने, ‘सरकारले सप्लाइ गरिदिने हो। सरकारी सस्थानसँगको हकमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यान्नको दैनिक अपडेटसहितको तथ्यांक राखेको छ।’ 

corrent noodles
Metro Mart

मजदुर भने अप्ठ्यारोमा

खरिद गर्न सक्ने वर्गका लागि विभागले भनेजस्तै आपूर्ति व्यवस्थामा कुनै समस्या छैन। तर, दैनिक मजदुरी गरेर छाक टार्नेको मजदुरी गुमेको छ पछिल्लो समय गरिएको निषेध आदेशका कारण। मजदुर भोकै पर्न थालेका छन्। कोरोना संक्रमणको दर थामिने संकेत देखिएको छैन। यसको अर्थ निषेध आदेशको समय थपिने वाला छ।

निषेध आदेशका कारण कोही पनि भोकै नपर्ने सरकारी अधिकारीहरु र स्वयं प्रधानमन्त्री केपी ओलीले पनि बताउँदै आएका छन्। तर, मजदुर भने भोक टार्ने सहयोगी हात खोज्दै छन्।

भोको पेटमा सहयोगी हात खोज्दै मजदुर

यस विषयमा जिज्ञासा राख्दा विभागका महानिर्देशक पौडेलले मजदुरलाई खाना पुर्याउने काम आफ्नो कार्यक्षेत्रमा नपर्ने प्रतिक्रिया दिए। पौडेलले भने, ‘हाम्रो जिम्मेवारी सप्लाइमा समस्या नआओस्, प्याकेजिङमा लेखेको अनुसार बिक्री गरेको छ कि छैन हेर्ने हो।’

काठमाडौं उपत्यकाको हकमा मजदुरले खान नपाएको भए स्थानीय प्रशासनले समन्वय गरेर उपलब्ध गराउने उनको भनाइ थियो।

कामनपा भन्छ– वडामा आउँदा उपलब्ध हुन्छ

गत वर्ष लकडाउन भएपछि मजदुरलगायत विपन्न वर्गलाई खाद्यान्न उपलब्ध गराएको काठमाडौं महानगरपालिकाले यस वर्ष भने त्यस्तो कुनै व्यवस्था गरेको छैन। यद्यपि, कोही भोकै रहने स्थिति आए महानगरपालिकाका वडा कार्यालयमा सम्पर्क गरे खाद्यान्न उपलब्ध गराइने महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए। तर, त्यसका लागि कुनै सूचना भने महानगरपालिकाले जारी गरेको छैन। प्रवक्ता डंगोलले भने, ‘समस्या परेको मान्छे वडामा आइ नै हाल्छ। आएको खण्डमा हामी उपयुक्त व्यवस्था गर्छौं।’

मजदुरलाई खाद्यान्न उपलब्ध गराउने विषयमा ललितपुर उपमहानगरपालिकाको पनि कुनै सुरसार छैन। ललितपुरका मेयर चिरिबाबु महर्जनले मजदुरलाई खाद्यान्न वितरणका लागि तत्काल कुनै छलफल नभएको बताए।

‘हामी अहिले आइसोलेसन बनाउनमै केन्द्रित छौं,’ महर्जनले भने, ‘विभिन्न स्थानमा आइसोलेसन बनाइसकेका पनि छौं। केही अझै बनाउने क्रममा छौं। त्यसपछि मात्रै मजदुरलाई खाद्यान्न वितरणबारे सोच्न सकिन्छ।’

निषेध आदेश लम्बिँदै गएकोबारे आफूहरु सचेत रहेको बताउँदै महर्जनले खाद्यान्न (राहत) वितरणका लागि आइसोलेसन निर्माणको काम सकिएपछि मात्रै छलफल गरी निर्णय गरिने बताए।

 

‘प्रदीप दाइ नआए भोकै सुत्नुपर्छ’

प्रकाशित: May 08, 2021| 01:40 शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।