काठमाडौं– प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
लैनचौरस्थित सभामुखको सरकारी निवासमा अहिले सापकोटा र दाहालबीच भेटवार्ता भइरहेको उच्च स्रोतले जानकारी दिएको छ।
प्रधानमन्त्रीले वैशाख २७ गते विश्वासको मत लिने भएपछि पछिल्लो समयमा भेटवार्ता तीव्र बनेका छन्। दाहाल सभामुखलाई भेट्न उनको सरकारी निवास पुगेका हुन्। अहिले साँझ पौने ५ बजेदेखि भेटवार्ता भइरहेको हो।