शनिबार, वैशाख ८, २०८१

प्रहरीमा एआर्इजीको संख्या घट्ने, डीआर्इजीको बढ्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- सरकारले एआर्इजीको दरबन्दी घटाएर पाँच मात्र कायम गर्ने भएको छ । गृह मन्त्रालयको कानुन महाशाखाले तयार गरेको संघीय प्रहरीको प्रस्तावित ऐनको मस्यौदामा पाँच जना एआर्इजी हुने प्रावधान राखिएको स्रोतले जनाएको छ ।

सरकारले केही समयअघि एआर्इजीको संख्या बढाएर १५ पुर्‍याएको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेशको कमान्ड एआर्इजीलार्इ दिने गरी संख्या बढाएको थियो । 

प्रहरीमा डीआर्इजीको दरबन्दी ३४ छ, जुन अझै बढ्न सक्ने स्रोतले जनाएको छ । नेपाल प्रहरीमा अहिले प्रहरी महानिरीक्षक (आर्इजीपी) एक, एआर्इजी १५, डीआर्इजी ३४, एसएसपी ७६, एसपी १५७, डीएसपी ४१८ र प्रहरी निरीक्षकको दरबन्दी एक हजार १३ सय ५४ छ ।

नयाँ बन्ने संघीय प्रहरी ऐनमा नेपाली प्रहरीको ३० वर्षे सेवा अवधि हटाउने प्रावधान समावेश गर्ने सम्बन्धमा पनि छलफल भइरहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।