बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • भैरहवाको युनिभर्सल कलेजले पनि कोरोनाका बिरामी नलिने  

भैरहवाको युनिभर्सल कलेजले पनि कोरोनाका बिरामी नलिने  

रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) ले पनि अक्सिजनको अभावमा बिरामी भर्ना नलिने चेतावनी दिएको छ।
 |  बुधबार, वैशाख २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २२, २०७८

बुटवल- रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) ले पनि अक्सिजनको अभावमा बिरामी भर्ना नलिने चेतावनी दिएको छ।

triton college

मेडिकल कलेजले बुधबार विज्ञप्ति जारी गर्दै दैनिक ५ सयभन्दा बढी अक्सिजन खपत भएको भन्दै अक्सिजन सिलिन्डर नपाउँदा उपचारमा समस्या आएको उल्लेख गरेको छ। मेडिकल कलेजले दैनिक ८ सय सिलिन्डर अक्सिजनको व्यवस्था गर्न प्रदेश सरकार, स्थानीय तह तथा प्रशासनको ध्यानाकर्षण गराएको छ।

मेडिकल कलेजले कोभिड संक्रमित बिरामीको चापलाई मध्यनजर गरी सञ्चालनको तयारीमा रहेको ६० बेडको एचडियूू पनि अक्सिजनकै कारण सञ्चालन गर्न नसक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। अस्पतालमा विरामीको चाप थेग्न नसक्ने अवस्था आएकाले अक्सिजन उपलब्ध नभए बिरामी भर्ना लिन नसक्ने भएरै सरकारको ध्यानाकर्षण गराउन विज्ञप्ति जारी गर्नुपरेको कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिए।

आजमात्रै नेपालगन्ज मेडिकल कलेजले अक्सिजन अभावका कारण कोरोनाका थप बिरामी लिन नसक्ने बताएको थियो।

प्रकाशित: May 05, 2021| 16:34 बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।