जनकपुर- प्रदेश २ को सरकारले आज (बिहीबार) आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।
मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभामा सार्वजनिक गरिने सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थलाई बुधबार नै हस्तान्तरण गरेका छन् । कायस्थले नीति तथा कार्यक्रम वाचन गरेर सार्वजनिक गर्ने प्रदेशसभाको कार्यसूची तोकिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४