विराटनगर- विषालु सर्पको टोकाइबाट मोरङको धनपालथान गाउँपालिका– २ का वडाध्यक्षको मृत्यु भएको छ ।
बुधबार राति ११ बजेतिर शौच गर्न घर बाहिर निस्केका बेला सर्पले टोक्दा ३५ वर्षीय वडाध्यक्ष बलिराम भगतको मृत्यु भएको हो ।
सर्पले डसेर सिकिस्त भएका उनलाइ उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएको थियो । उपचारका क्रममा अस्पतालमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गर्मी बढेसंगै तराईका जिल्लाहरुमा सर्पदंशका घटना बढ्ने गरेकाछन् । सर्पको टोकाईबाट मात्रै तराईमा बर्षेनी दर्जनौको ज्यान जाने गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४