शनिबार, वैशाख ८, २०८१

नेपालमा कोकाकोलाकाे उत्पादन बन्द

बहुराष्ट्रिय कम्पनी कोकाकोलाको नेपालस्थित उत्पादक बोटलर्स नेपालले कोकाकोलाको उत्पादन तत्कालका लागि बन्द गरेको छ।
 |  सोमबार, वैशाख २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

काठमाडौं - बहुराष्ट्रिय कम्पनी कोकाकोलाको नेपालस्थित उत्पादक बोटलर्स नेपालले कोकाकोलाको उत्पादन तत्कालका लागि बन्द गरेको छ। 

triton college

पछिल्लो समय निषेध आदेशका कारण बजार बन्द रहेकाले बिक्रीमा आएको कमीका कारण तत्काललाई उत्पादन बन्द गरिएको हो। 

गर्मी लागेसँगै कोकाकोलाको बिक्रीमा हुने वृद्धिका कारण उत्पादन बढाउनु पर्ने बेलामै सरकारले निषेध आदेश जारी गरेपछि बोटलर्स नेपालले उत्पादन बन्द गरेको हो।

बालाजुस्थित बोटलर्स नेपालको कार्यालयमा पछिल्लो समय कुनै पनि कर्मचारी उपस्थित नरहेको र कोकाकोलालगायतका पेय पदार्थको उत्पादन बन्द गरिएको छ। 

कार्यालयमा सुरक्षागार्ड बाहेकका कर्मचारीको उपस्थिति छैन। बोटलर्स नेपालले कोकाकोलासहित फ्यान्टा, स्प्राइटलगायतका पेय पदार्थ उत्पादन गर्दै आएको छ।

corrent noodles
Metro Mart

गत वर्षदेखि सुरु भएको कोरोना भाइरस महामारीका कारण कोकाकोलाले विश्वभरि नै रहेका आफ्ना कर्मचारीको संख्यामा कटौती गरेको थियो। साथै उत्पादनमा पनि कटौती गरेको थियो। गत वर्ष र यस वर्षको अवस्था हेर्दा नेपालमा कोकाकोला बिक्री हुने मुख्य सिजनमै बोटलर्स नेपालको व्यापारमा धक्का लागेको देखिन्छ।

प्रकाशित: May 03, 2021| 07:15 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्