शुक्रबार, वैशाख ७, २०८१

नुहाउनुका फाइदा र बेफाइदा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
शरीरलाई सफा राख्ने नियमित क्रियाकलाप हो नुहाइधुवाई । जाडो मौसमको तुलनामा गर्मी मौसममा जाँगर चलाएर नुहाउने धेरै छन् । 

बिहान फ्रेस भएर काममा हिँडे थकान कम हुने विश्वास गरिन्छ । त्यस्तै थकान मेटाउन, अल्छि हटाउने कामका लागि पनि अचुक उपाय नुहाउनु नै हो । बिहानभन्दा राति सुत्ने बेलामा नुहाउनु स्वास्थ्यका लागि फाइदाजनक रहेको चिकित्सकहरु बताउँछन् । सुत्नुअघि नुहाउनुका फाइदाहरू:

मिठो निन्द्रका लागि

सुत्नुभन्दा अघि चिसो पानीले नुहाउँदा शरीरको थकान मेटिनुका साथै शरीरको तापमान व्यवस्थापन गर्ने भएकाले राति मिठो निन्द्रा पर्दछ ।

मोटोपन हटाउन

चिसो पानीले सुत्नुअघि नुहाउनाले धेरै क्यालोरी खपत हुने हुँदा सजिलै तौल घट्ने विज्ञहरु बताउँछन् । दिनभरको कामबाट थकिन ज्यान र शरीरमा भएको फोहोर सफा भएपछि शरीर सन्तुलित हुन्छ । शरीरमा उत्पादन हुने ब्राउन फ्याट शरीरका लागि फाइदाजनक हुन्छ । त्यस्तै शरीरका लागि हानिकार मानिने ह्वाइट फ्याटको कमी गर्नका लागि नुहाउनु उपयुक्त हुन्छ । 

तनाव मुक्त

साँझपखको नुहाईबाट दिनभरिमा महसुस गरेको अल्छिपना र थकानबाट मुक्त गराई दिमागलाई फ्रेस र हल्का अनुभूति गराउँछ । चिसो पानीले नुहाउदा मुटुको चाल बढाउनुका साथै रक्त सञ्चार प्रणालीलाई राम्रो बनाउँछ । उच्च रक्तचापको विरामीले दिनँहु १५ मिनेट तातो पानीले भरिएको टबमा नुहाउनाले फाइदा गर्दछ । 

सुगरको बिरामीलाई उपयोगी

अमेरिका डाइबिटिक एशोसियसनका अनुसार तातो पानीमा नुहाउनाले ब्लड प्रेसर र सुगर नियन्त्रण हुन्छ । तातो पानीले रक्तसञ्चार बढाउने भएकाले सुगर नियन्त्रण गर्न सहयोग गर्दछ । 

नियमित नुहाउनुका फाइदासँगै केही बेफाइदा पनि छन् । मानिसको छालाको बाहिरी तह कडा र मृत सेल्सले ढाकेको हुन्छ । जसले भित्री नरम छालालाई बचाएर राख्छ । नियमित रुपमा केमिकल मिश्रित उत्पादन साबुन, स्याम्पु र तरल पदार्थले नुहाउँदा छालालाई हामी पुर्‍याउँछ । 

मानिसको केशमा एक प्रकारको प्राकृतिक तेल हुन्छ । दिनहुँ नुहाउदा सो तेल हराउने सम्भावना हुन्छ । धेरै स्याम्पु वा साबुनको प्रयोगले केशको चमक हटाई रुखो र फुस्रो बनाउछ । 

नियमितको नुहाइबाट चिसो लाग्ने र रुघाखोकीको संक्रमण बढ्ने गर्दछ । जसले मानिसको रोग प्रतिरोधात्मक क्षमता घटाउने भएकाले कम नुहाउन चिकित्सकहरुले सुझाव दिन्छन् ।

कपाल नसुकी निदाएमा छालामा पनि केश पलाउने समस्या हुन्छ । साथै केशलाई हुने सौन्दर्यशास्त्रीहरु बताउँछन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्