बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा कोरोनाबाट मृत्यु हुने ज्येष्ठ नागरिकमा श्वासप्रश्वासको समस्या

कर्णालीमा कोरोनाबाट मृत्यु हुने ज्येष्ठ नागरिकमा श्वासप्रश्वासको समस्या

कोरोनाको दोस्रो लहर सुरु भएयता शुक्रबारसम्म कर्णालीमा १५ जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश जेष्ठ नागरिक छन्।
 |  शनिबार, वैशाख १८, २०७८

देव राना

देव राना

शनिबार, वैशाख १८, २०७८

सुर्खेत- 
घटना : १
वैशाख ५ गते गुर्भाकोट नगरपालिका–९ का ५० वर्षीया महिलाको मृत्यु भयो। फोक्सो सुन्निएर श्वासप्रश्वास प्रणालीमा समस्या रहेकी ती महिलाको संक्रमण पुष्टि भएको दुई दिनमै मृत्यु भएको थियो।

triton college

घटना :२
वैशाख १५ गते दैलेख नारायण नगरपालिका–१ का ७५ वर्षीय पुरुषको मृत्यु भयो। फोक्सो र श्वासप्रश्वास प्रणालीमा समस्या देखिएका उनलाई निमोनियासमेत भएको थियो।

घटना  : ३
वैशाख १५ गते सुर्खेतकै भेरीगंगा नगरपालिका ४ का ६४ वर्षीया पुरुषको मृत्यु भयो। उनलाई पनि श्वासप्रश्वासमा समस्या थियो। भेन्टिलेटरमा राखेर उपचार गर्दा समेत उनले मृत्यु जित्न सकेनन्। 

कोरोना संक्रमणबाट मृत्यु हुने यी घटना केही प्रतिनिधि मात्र हुन्। कोरोनाको दोस्रो लहर सुरु भएयता शुक्रबारसम्म कर्णालीमा १५ जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश जेष्ठ नागरिक छन्। तीमध्ये ६० वर्षभन्दा माथिका सात जना छन्। एक जना २७ वर्षीया गर्भवतीबाहेक सबै ३० वर्षमाथिका छन्।

मृतक अधिकांशको मुख्य कारण श्वासप्रश्वास प्रणालीमा समस्या हो। १५ जनामध्ये एक जनालाई निमोनियासमेत भएको थियो। मृतको तथ्यांक र संक्रमणको तथ्यांक हेर्दा कोरोनाबाट जेष्ठ नागरिक सबैभन्दा बढी जोखिममा छन्। ‘कोरोनाबाट जेष्ठ नागरिकको मृत्युदर सबैभन्दा बढी छ’, प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेल भन्छन्, ‘९५ प्रतिशतलाई श्वासप्रश्वासमा समस्या देखिएको छ।’ 

corrent noodles
Metro Mart

जेष्ठ नागरिकमध्ये पनि दीर्घरोगीलाई संक्रमणबाट जोगाउन ठूलो चुनौती रहेको उनको भनाइ छ। दीर्घरोगी र जेष्ठ नागरिकलाई कोरोना लक्षण भएमा तत्काल परीक्षण गराउनु नै सबैभन्दा बुद्धिमानी हुने उनको तर्क छ।  ‘समयमै उपचार नपाए जेष्ठ नागरिकलाई संक्रमणबाट बचाउन मुस्किल पर्छ’, उनी भन्छन्, ‘संक्रमण पुष्टि भएपछि तत्काल अस्पताल लगिहाल्नुपर्छ।’ 

दीर्घरोगी जेष्ठ नागरिकलाई आईसीयू र भेन्टिलेटरको सहयोगले पनि थेग्न मुस्किल पर्ने उनी बताउँछन्। दीर्गरोगी र जेष्ठ नागरिकका महामारीबाट बचाउन परिवारका सदस्यको महत्त्वपूर्ण भूमिका रहने तर्क गर्छन्। कोरोना अवधिभर जेष्ठ नागरिक र दीर्घरोगीलाई सदस्यको सम्पर्कबाट टाढै राख्न उनको सुझाव छ।

कोरोनाबाट मृत्यु हुने र मुख्य कारण

वैशाख ५ गते दैलेखको दुल्लु नगरपालिका २ का ३८ वर्षीय पुरुषको मृत्यु भयो। उनलाई उच्च रक्तचाप थियो।  सोही दिन गुर्भाकोट नगरपालिका–९ का ५० वर्षीया महिलाको मृत्यु भयो। उनको फोक्सो सुन्निएको र श्वासप्रश्वास प्रणालीमा समस्या थियो।

वैशाख ६ गते रुकुमपश्चिममा मुसिकोट नगरपालिका–७ की ४० वर्षीया महिलाको मृत्यु भयो। उनलाई उच्च ज्वरो र श्वासप्रश्वास प्रणालीमा समस्या थियो। वैशाख ९ गते सल्यानको शारदा नगरपालिका–२ का ८२ वर्षे पुरुषको मृत्यु भयो। दीर्घरोगीसमेत रहेका उनलाई खाना मन नलाग्ने र ज्वरोको समस्या थियो।

वैशाख १४ गते जुम्लाको तिला गाउँपालिका–२ का ७६ वर्षीय पुरुषको मृत्यु भयो। उनी दीर्घरोगी थिए। वैशाख १५ गते सुर्खेत वीरेन्द्रनगर १३ का ५० वर्षीय पुरुष, दैलेख नारायण नगरपालिका–१ का ७५ वर्षीय पुरुष र सुर्खेतकै भेरीगंगा नगरपालिका ४ का ६४ वर्षीया महिलाको मृत्यु भयो। चिकित्सकका अनुसार तीनै जनालाई श्वासप्रश्वासमा समस्या थियो। 

वैशाख १६ गते कालिकोट नरहरिनाथ गाउँपालिका ९ का ७३ वर्षीय पुरुष, सल्यानमा सिद्ध कुमाख गाउँपालिका–२ का ४२ वर्षीय पुरुष, वीरेन्द्रनगर नगरपालिका ८ का ६३ वर्षीय पुरुष, पञ्चपुरी नगरपालिका–५ का ६० वर्षीय पुरुष, लेकबेसी नगरपालिका–१ का ५४ वर्षीय पुरुषको मृत्यु भएको थियो। सबैलाई श्वासप्रश्वासमा समस्या थियो।

वैशाख १७ गते नारायण नगरपालिका–६ की २७ वर्षीया गर्भवतीको मृत्यु भयो। बच्च जन्मने दिन नाघिसकेको र समयमै अस्पताल नपु¥याउँदा उनको मृत्यु भएको थियो।
 

प्रकाशित: May 01, 2021| 09:02 शनिबार, वैशाख १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।