जनकपुरधाम- कोरोना महामारीको दोस्रो लहर देशैभरि फैलिएपछि जिल्ला नापी कार्यालय धनुषा अनिश्चितकालका लागि बन्द गरिएको छ।
कायार्लयले एक सूचना जारी गर्दै कार्यालयबाट प्रवाह गरिने सबै प्रकारका सेवाहरु अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी दिएको छ।
विश्वभर नयाँ भेरियन्टसहितको कोरोना महामारी फैलिँदै गइरहेकोले धनुषा जिल्लासमेत प्रभावित देखिएपछि सेवाहरु बन्द गर्नु परेको कार्यालयले जनाएको छ।
कोरोना जोखिम नियन्त्रण गर्न भिडभाड कम गरी कार्यालय सञ्चालन गर्ने व्यवस्था मिलाउँदा समेत भिड नियन्त्रणमा आउन नसकेकाले वैशाख १९ गतेदेखि यस कार्यालयबाट प्रवाह हुने सेवाहरु बन्द गर्ने निर्णय गरिएको नापी कार्यालयका अधिकृत वर यादवले जानकारी दिएका छन्।