शनिबार, वैशाख ८, २०८१

सुर्खेतमा थप ४ कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट सुर्खेतमा पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ। 
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

सुर्खेत - कोरोना संक्रमणबाट सुर्खेतमा पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ। 

triton college

बिहीबार विहान १ जना साँझ २ जना र राती १ जना गरी ४ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्। 

मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका ८ का ६३ वर्षे, पञ्चपुरी नगरपालिका–५ का ६० वर्षे, लेकबेसी नगरपालिका–१ का ५४ वर्षे र नरहरिनाथ गाँउपालिका –९ कालिकोट ७३ वर्षे पुरुष छन्। ६३ वर्षे पुरुषको बिहीबार राती, ६० र ५४ वर्षे पुरुषको बिहीबार साँझ र ७३ वर्षे अर्का पुरुषको विहीबार विहान मृत्यु भएको प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकलपर्शन डाक्टर केएन पौडेलले जनाए। 

लेकबेशीका ५४ वर्षे पुरुष बाहेक अन्य सबैको प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो। लेकबेशीका पुरुषको भने उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। संक्रमणदर बढेसँग सुर्खेतका मृत्यु हुने दर पनि बढ्दो क्रममा छ।

प्रकाशित: Apr 30, 2021| 02:21 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।