काठमाडौं– स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई विभागको जिम्मेवारी दिएको हो।
११ औं तहका उनी कान्ति बाल अस्पतालमा निर्देशक थिए। उनले आगामी काति्तक ७ गते अनिवार्य अवकास पाउँदैछन्। विभागका महानिर्देशक दिपेन्द्र रमणसिहंलाई मन्त्रालयमा तान्ने तयारी भइरहेको छ।
त्यस्तै सरकारले कोभिड युनिफाइड अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमलाई प्रसूति तथा स्त्रीरोग अस्पतालमा सरुवा गरेको छ।