काठमाडौं- नेपाल सुपर लिग फुटबलमा बिहीबार भएको घम्साघम्सीपूर्ण खेलमा ललितपुर एफसी र घनगढी एफसीले अंक बाँडेका छन्। दुबै टोलीले खेलमा १–१ गोलको बराबरी गर्दै १–१ अंक बाँडेका हुन्।
पहिलो हाफमा गोलरहित रहेका दुबै टोलीको दोस्रो हाफमा गोल सम्भव भएको हो। धनगढीका ओलावाले अफिज ७२ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर खेलको ८९ औँ मिनेटमा ललितपुरका लागि रञ्जन विष्टले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
खेलमा धनगढीका दिनेश राजवंशीले प्लेयर अफ दि म्याच हुँदै २५ हजार नगद पुरस्कार प्राप्त गरे भने ललितपुरका निरज बस्नेतले प्रोमोसिङ प्लेयर बन्दै १० हजार पुरस्कार प्राप्त गरे।
पहिलो हाफमा तनावपूर्ण बनेको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएका हुन्। आजको बराबरीसँगै ललितपुरले २ अंक जोडेको छ भने धनगढीको ४ अंक पुगेको छ।
याे पनि
घम्साम्सीपूर्ण बन्यो धनगढी र ललितपुरको खेल