शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • पूर्व प्रधानमन्त्री भट्टराई अस्पताल भर्ना, न्यूरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने

पूर्व प्रधानमन्त्री भट्टराई अस्पताल भर्ना, न्यूरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराई शल्यक्रियाका लागि अस्पताल भर्ना हुने भएका छन्।
 |  बिहीबार, वैशाख १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १६, २०७८

काठमाडौं - पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराई शल्यक्रियाका लागि अस्पताल भर्ना हुने भएका छन्।

triton college

न्यूरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रियाका लागि डा. भट्टराई बिहीबार बिहान वीर अस्पताल भर्ना भएका हुन्। उनको शल्यक्रिया भोलि शुक्रबार डा. सुबोध अधिकारीको नेतृत्वको टिमले गर्ने छ। 

यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा उनको स्वास्थ्य परीक्षण भएको थियो। वायोप्सी, सिटी स्क्यानसहित अन्य परिक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको बताएका थिए। 

शल्यक्रियाद्वारा ट्युमर भने चाँडै नै फाल्नुपर्ने चिकित्सकको सुझाव थियो। सोही सुझाव बमोजिम उनी आज बिहान ११ बजे वीर अस्पताल भर्ना हुन लागेका हुन्।

प्रकाशित: Apr 29, 2021| 04:14 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।