बिहीबार, वैशाख १३, २०८१

टीसीएलले ल्यायो वाइफाइबाट चल्ने एयर कन्डिसनर

 |  बुधबार, वैशाख १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १५, २०७८

काठमाडौं– इलेक्ट्रोनिक्स तथा होम एप्लाएन्सका लागि विश्वकै टप २ ब्रान्ड मानिने टीसीएलले यस गर्मी मौसमका लागि वाइफाइबाट चल्ने एयर कन्डिसनर लिएर आएको छ।

triton college

आर–३२ प्रविधिका ग्याँस प्रयोग भएका इन्भर्टर टेक्नोलोजीद्वारा निर्मित टिसियलका एयर कन्डिसनरहरु अरु एयर कन्डिसनरको तुलनामा वातावरणमैत्री मानिन्छन्।

वाइफाइमार्फत चल्ने टीसीएल इन्भर्टर एयर कन्डिसनरमा २४–घण्टाको टाइमर, अटो रिस्टार्ट, इन्डिपेन्डेन्ट डि–ह्युमिडिफिकेसन, अटो प्रोटेक्सनजस्ता विशेषताहरु रहेका छन्।

त्यस्तै, सानो आवाजमा चल्ने यी एयर कन्डिसनरहरुमा खिया लाग्ने समस्या नरहेको पनि बताइएको छ।

कम्प्रेसरमा ५ वर्षको वारेन्टी हुने टीसीएलका एयर कन्डिसनरहरुलाई बजारमा उत्कृष्ट गुणस्तरको मानिन्छ।

corrent noodles
Metro Mart

हालको समयमा वाइफाइको प्रयोगबाटै सबै काम सहज बन्दै गएकाले टीसीएलका वाइफाइबाट चल्ने एयर कन्डिसनरले ग्राहकहरुलाई नयाँ अनुभूति दिलाउने पनि बताइएको छ।

यस एयर कन्डिसनरलाई स्मार्ट टिभी, मोबाइल, जुनसुकै वाइफाइबाट, जहाँसुकैबाट पनि कन्ट्रोल गर्न सकिन्छ।

यस टीसीएल ब्रान्डलाई चौधरी ग्रुपअन्तर्गत रहेको सीजी इलेक्ट्रोनिक्सको ईओएल प्रालिले नेपाली बजारमा बिक्रीवितरण गर्दै आइरहेको छ।

प्रकाशित: Apr 28, 2021| 07:06 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्