विराटनगर - कोरोना भाइरस संक्रमित पुरुषको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा आइतबार राति मृत्यु भएको छ।
४० वर्षीय पुरुषको उपचारका क्रममा राति १०:१५ बजेतिर ज्यान गएको हो। विराटनगर महानगरपालिका-२ घर भएका पुरुषलाई कोरोना पुष्टि भएपछि आइतबार नै उपचारका लागि आइसोलेसनमा भर्ना गरिएको थियो।
अस्पतालका प्रबन्धक नारायण दाहालकाअनुसार छात्ति दुख्ने र ज्वरो आउने समस्याबाट ग्रसित उनको अवस्था गम्भीर थियो। दाहालले शव व्यवस्थापनका लागि पहल भइरहेको जानकारी दिए। कोरोनाको दोस्रो लहर सुरू भएपछि प्रदेश १ मा ९ जनाले ज्यान गुमाइसकेका छन्।