काठमाडौं– कोरोनाको दोस्रो लहर भयावह भन्दै गएपछि स्वास्थ्य संकटका बारेमा आवश्यक निर्णय तथा सिफारिस गर्न कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बसिरहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि सीसीएमसीका अध्यक्ष उपप्रधानमन्त्री ईश्वर पोखरेलले सिंहदरबारमा बैठक बोलाएको पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेयले जानकारी दिए।
दोस्रो लहरको रुपमा देखिएको कोरोना भाइरस नियन्त्रणका विषयमा आवश्यक निर्णय लिने विषयमा शनिबार प्रधानमन्त्री ओलीको उपस्थितिमा सीसीएमसीको विस्तारित बैठक बसेको थियो। प्रधानमन्त्रीको आवश्यक निर्देशन र सुझावपछि सीसीएमसीको बैठक बोलाइएको हो।
आजको बैठकले संक्रमण नियन्त्रणका लागि आवश्यक निर्णय र सिफारिस गर्ने बताइएको छ।