काठमाडौं- नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार देश सञ्चालन गर्ने मुख्य केन्द्र हो । प्रधानमन्त्री कार्यालयसहित देशका सम्पूर्ण मन्त्रालय यही परिसरमा छन् ।
सिंहदरबार प्रवेशका लागि अनिवार्य कार्डको प्रयोगले सर्वसाधारण सहजै यो प्रशासनिक केन्द्रभित्र पस्न सक्दैनन् । अर्थात्, बिनाकाम सिंहदरबार कोही पनि छिर्दैन ।
राणा प्रधानमन्त्री चन्द्रसमशेरले आफ्नो निजी निवासको रूपमा स्थापना गरेको यो दरबार अहिले नेपालको प्रमुख प्रशासकीय केन्द्र बन्यो । यो केन्द्र कस्तो होला भन्ने आम सर्वसाधारणको चासो हुन्छ ।
यहाँभित्र रहेका कार्यालय र मन्त्रालयपछि सिंहदरबारमा देखिने एउटा दृश्य हो कवाडीखानाको । सिंहदरबारभित्र रहेका पुराना सवारी साधन यति अव्यवस्थित छन् कि देशको मुख्य केन्द्रको स्वरूप नै बिग्रिएको छ ।
अझै कवाडीका रूपमा राखिएका गाडीलाई व्यवस्थापन गर्ने उचित नीति नहुँदा नयाँ बन्ने भवनले घेरेर पुराना गाडी निकाल्न नसक्ने अवस्था पनि छ ।
थप तस्बिर हेर्नुहोस्
तस्बिर : सन्ध्या श्रेष्ठ