बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • क्रियाशील सदस्यताकाे विवाद बढेपछि बर्दिया कांग्रेसकाे सामूहिक राजीनामा

क्रियाशील सदस्यताकाे विवाद बढेपछि बर्दिया कांग्रेसकाे सामूहिक राजीनामा

नेपाली कांग्रेसको बर्दिया जिल्ला कार्यसमितिले सामूहिक राजीनामा दिएको छ।
 |  शुक्रबार, वैशाख १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १०, २०७८

काठमाडौं– नेपाली कांग्रेसको बर्दिया जिल्ला कार्यसमितिले सामूहिक राजीनामा दिएको छ। १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरणमा विवाद बढेपछि जिल्ला कार्यसमितिले संयुक्त राजीनामा दिएको हो।

triton college

क्रियाशील सदस्यता वितरणको विवादकै बीचमा क्षेत्रीय सभापतिले पार्टी कार्यालयमा तालाबन्दी गरेको र बाहिर गुण्डा परिचालन गरेकाले काम गर्न सक्ने स्थिति नभएको भन्दै जिल्ला कार्यसमितिले राजीनामा दिएको हो।  

जिल्ला सभापति तथा सांसद सञ्जय गौतम समक्ष कार्यवाहक सभापति श्रीलाल यादव, महासमिति सदस्य विद्याप्रसाद खनाल, पार्टी सचिव जीवन मल्ल, जिल्ला कार्यसमिति सदस्य मेघबहादुर गुरुङलगायतले भने राजीनामा दिएका छन्। 

उनीहरुले विज्ञप्ति गारी गर्दै क्रियाशील सदस्यता नवीकरण भइरहेका बेला सचिवालय कक्षमा प्रवेश गरेर लछारपछार गरिएको बताएका छन्। पार्टी कार्यालय बाहिर ल्याई पार्टी कार्यालयमा तालाबन्दी गरिएको भन्दै उनीहरुले दोषीमाथि अनुशासनको कारबाहीको मागसमेत गरेका छन्। 

‘क्षेत्रीय सभापति मुक्तिनाथ यादव, पूर्वसचिव तेजबहादुर भाट लगायतका व्यक्तिहरुले अराजक जत्था ल्याई पार्टी कार्यालयको सचिवालय कक्षमा गएर पार्टीको क्रियाशील सदस्यता नवीकरण गर्ने कार्य तिव्र गतिमा भइरहेको अवस्थामा पार्टीका नेताहरुलाई लछारपछार गरी कार्यालय बाहिर ल्याई पार्टी कार्यालयमा तालाबन्दी गर्ने जस्तो घृणित, अनुशासनहिन कार्य गरेको हुँदा यस्ता अनुशासनहिन कार्यलाई निरुत्साहित गर्न निजहरुलाई अनुशासनको कारबाही गर्न अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘यो विषम परिस्थितिमा पार्टी कार्यालयमा तालाबन्दी गरी बाहिर गुण्डाहरु परिचालन गरेकाले हामी पार्टीका काम गर्न असमर्थ छौं। आ–आफ्ना पदबाट राजीनामा दिएका छौं।’

corrent noodles
Metro Mart

जिल्ला कार्यसमितिले संयुक्त राजीनामा दिएपछि सभापति सञ्जय गौतमले परिस्थितिको मूल्यांकन भइरहेको प्रतिक्रिया दिए। ‘संयुक्त राजीनामा आएको छ। अहिले परिस्थिति राम्रो छैन। मूल्यांकन हुँदैछ,’ उनले भने, ‘सामूहिक राजीनामा आएपछि म अहिले जिल्ला आएको छु। केन्द्रसँग समन्वय भइरहेको छ।’

उनले विवाद मिलाउन आफूले प्रयत्न गरिरहेको तर सहज भने नभएको प्रतिक्रिया दिए। ‘मैले भर्खरै यहाँको अवस्था बुझ्दैछु। केन्द्रले के निर्देशन दिन्छ, त्यही अनुसार हुन्छ,’ उनले भने।

प्रकाशित: Apr 23, 2021| 10:28 शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।