१०३ वर्ष पुरानो क्याडवरी चकलेट भेटिएको छ । पहिलो विश्वयुद्धको समयमा लाइसेस्टरसायर रेजिमेट सैनिक रिचार्ड बुलमोरले संकलन गरेको चकलेट फेला परेको हो ।
उनले संकलन गरेका युद्धका अन्य सामग्रीहरुसँगै क्याडवरी चकलेट पनि फेला परेको हो । युद्ध सुरु भएपछि पहिलो पटक मनाइएको ‘क्रिसमस डे’मा बाँडिएको उपहारमा अन्य गिफ्टसहित चकलेट राखिएको थियो ।
सानो टिनको बट्टामा राखिएको उपहारमा राखिएको १० वटा चकलेटमध्ये एउटा खाएको र अरु जस्ताको तस्तै राखिएको अवस्थामा भेटिएको छ । नोटिगमसायरको म्यान्सफिल्डमा बनेको उक्त ‘गिफ्ट’ फ्रान्समा सेवारत सैनिकहरूलाई दिइएको थियो ।
यो ऐतिहासिक सामान आँउदो मंगलबार
‘एयान्टिक अक्सन’ मा बिक्री हुने भएको छ । यो उपहारसँगै उनलाई ‘प्रिन्सेस म्यारी’ ले ‘सिग्रेट’ तथा ‘टोब्याको’ को बाकस पनि उपहार दिएका थिए । त्यसबाट तीन वटामा ‘सिग्रेट’ भने बेपत्ता भएका छन् ।
उक्त कलेक्सनमा चक्लेट, सिग्रेट, मेडल, साइटेसन, चिठीपत्र र अन्य साम्रगीहरू पनि छन् । जसको मुल्य दुई हजार पाउण्ड छ ।