काठमाडौं– सत्तारुढ नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ।
राजधानीको मेरियट होटलमा बिहीबार नेताद्वयबीच भेटवार्ता भएको हो। बुधबार पनि सोही होटलमा झन्डै साढे दुई घण्टा भएको भेटवार्ता सार्थक निष्कर्षमा पुग्न सकेको थिएन।
दुई घन्टा लामो वार्तापछि प्रधानमन्त्री ओली बैठकस्थलबाट निस्किएका छन्। वार्तामा के भयो भन्ने बारे केही सार्वजनिक भएको छैन। तर विगत केही महिनादेखि जारी संवादहीनता भने तोडेको छ।