धनगढी- प्रदेश ७ स्तरिय १० औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलाली प्रथम भएको छ ।
दुई दिन सम्म धनगढीमा चलेको प्रतियोगितामा बिभिन्न प्रतिष्प्रर्धामा २६ स्वर्ण, १६ रजत र छ कास्य पदक सहित कैलाली प्रथम भएको हो । कैलालीले एथ्लेटिक्समा ११, कराँतेमा छ, ताईक्वान्दोमा तीन, उसुमा पाँच, कवड्डी पुरुषमा एक गरी २६ स्वर्णपदक जितेको हो ।
यस्तै एथ्लेटिक्समा १०, कराँते र ताईक्वान्दोमा दुई/दुई तथा, भलिबल महिला पुरुष, कवड्डी र उसुमा एक/एक गरी १८ स्वर्ण, १५ रजत र नौ कास्य पदक प्राप्त गरी कञ्चनपुर दोस्रो भएको छ । डडेलधुराले एथ्लेटिक्समा दुई स्वर्ण र आठ कास्य पदक प्राप्त गरी तेस्रो भएको छ । प्रतियोगितामा अन्य कुनै पनि जिल्लाले स्वर्ण पदक हातपार्न सकेनन् ।
प्रतियोगिताका पदक बिजेता खेलाडीलाई प्रदेश सांसद प्रकास रावलले पदक, मेडल तथा प्रमाण पत्र वितरण गरे । प्रतियोगिताको आगामी ११ औँ सस्करण बैतडीमा हुने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४