शुक्रबार, वैशाख ७, २०८१

कम्युनिस्ट बजेटलाई गगनको नम्बर :  जस्ट पास

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले बहुमत प्राप्त सरकारले ल्याएको बजेट पनि 'जस्ट पास' मात्र भएको बताएका छन् । 

प्रतिनिधि सभामा बजेट माथिको छलफलमा भाग लिँदै सांसद थापाले वाम गठबन्धनको चुनावी घोषणापत्र हावादारी रहेको, नीति तथा कार्यक्रम बरालिएको र बजेट उडन्ते पोकाको रुपमा आउने आँकलन गरिएपनि केही समालिएको पाइएको बताए । 

सम्बोधनका क्रममा थापाले भने, 'सरकार बाहिरका साथीहरुलाई मनपर्ने गरी बजेटलाई दुई 'स' तीन 'प' बाट परिभाषा गर्न सकन्छि ।'

गगनले भनेको पहिलो 'स' को सुधार भनेका छन् । उनले भने, 'वामगठबन्धनको चुनावी घोषणापत्र हावादारी थियो ।  कम्युनिस्ट सरकारले ल्याएको नीति बरालिएको थियो । त्यसैले यो बजेट पनि उडन्ते पोकाको रुपमा त आउने होइन भन्ने धारणा राखेर बस्नुभएकाहरुलाई यो बजेट विल्कुल फरक नीति तथा कार्यक्रमभन्दा विल्कुल समालिएको, सुधारको कुराले सन्तोष मान्ने अवस्थामा पुर्‍याएको रहेछ ।'

त्यस्तै उनले टिप्पणी गरेको दोस्रो 'स' अर्थ सावधानी हो । सरकारले धरातलीय यथार्तलाई आधार मानेर बजेट ल्याएको थापाले बताए । 'नेपाली कांग्रेसले थैली मात्र कस्छ भन्ने आक्षेप लगाएको भएपनि थैलीलाई हेरेरमात्र रकम बिनियोजन गरिएको छ,' सांसद थापाले भने, 'बजेटमा दीगो विकासको लक्ष्यलाई पृष्ठपोषणमा राखिएको छ । त्यसकारण सन्तुलित छ । सावधानीपूर्ण रुपमा बजेट ल्याइएको छ भनेर अर्थशास्त्रीले हेरेका रहेछन् ।' 

बोर्ड फस्ट सोचेको पास मात्र

नेता थापाले वर्तमान सरकारले ल्याउने बजेट धेरै वृहत होला भन्ने अपेक्षा गर्नेहरुलाई नैराश्यको मनोदशाले छोएको बताए । 'बच्चा अनुर्तीण हुन्छ भन्ने लागेको अभिभावकलाई बच्चा पास भयो भने अत्यन्तै सुखी मिल्छ । तर मेरो बच्चाले बोर्ड फस्ट ल्याउँछ भनिरहेको अवस्थामा उत्र्तीर्णमात्र भयो भने त्यत्ति मज्जा लाग्दैन रै'छ,' नेता थापाले भने, 'जसलाई बच्चा फेलहुन्छ भन्ने लागेको थियो । उसलाई बच्चा उत्र्तीण भयो भनेको सुनेर खुसी लागेको होला । तर बच्चा बोर्डफस्ट हुन्छ भनिरहेको बेलामा पास मात्र भएको नतिजाले मेरो र मजस्ता थुप्रै साथीहरुको नैराश्यताको मनोदशा छ ।'

नैराश्यताको मनोदशालाई पनि मैले चारवटा 'स'बाटै परिभाषित गर्दै थापाले स्पष्टताको अभाव बजेटमा रहेको बताए । संविधानको कार्यान्वयन संघीयताको कार्यान्वयनसँग जोडिएको बताउँदै थापाले संघीयता कार्यान्वयनको सवालमा बजेट चुकेको बताए । 

'बजेटसँग अपेक्षा थियो दृष्टिकोणको, मार्गदर्शनको र रणनीतिको । यो सन्दर्भमा बजे सम्पूर्ण रुपमा सुकेको छ,' थापाले भने, 'यो बजेटले संघीय वृत्त व्यवस्थापनलाई आत्मसाथ नै गर्न सकेको छैन । संघको काम प्रदेश र स्थानीयतहलाई हिजोको गाविस वा नगरपालिका जस्तो अनुदान बाँड्ने होइन । यसले वृत्तीय स्वायत्तताका निम्ती उत्प्रेरणा गर्ने हो भन्ने कुरामा संघको बजेट तयार गर्नेहरु पूर्ण रुपमा चुक्नुभएको छ ।'

विगतको बजेटको उदाहरण दिँदै नेता थापाले ०१५ सालमा बीपी कोइराला र ०४८ सालमा जीपी कोइरालाको सरकारले ल्याएको बजेटले दिएको मार्गदर्शन यो बजेटमा समेटिनुपर्ने बताए । 'बजेटले कम्तीमा ५-१० वर्षका लागि मार्गदर्शन गरोस् र एक वर्षमा गरिने कार्यक्रमको किटानी पनि गरोस् भन्ने थियो,' थापाले भने,  'यो बजेटमा मार्गदर्शनको अवस्था र तत्कालीक अवस्था दुवैमा चुकेको छ ।'

अर्थमन्त्रीले सबैभन्दा बढी जोड दिएको विषय पूर्वाधार भएपनि बजेटको वितरण प्रक्रिया हेर्दा कुनै नतिजा मिल्न नसक्ने बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।