काठमाडौं– प्रिमियर लिगलिडर म्यानचेस्टर सिटीविरुद्ध संघर्षपूर्ण जित निकाल्दै चेल्सीले एफए कपको फाइनलमा स्थान बनाएको छ।
शनिबार राति वेम्बले रंगशालामा भएको खेलमा १–० गोलको जितका साथ चेल्ली फाइनलमा प्रवेश गरेको हो। खेलको पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफको ५५ औं मिनेटमा हाकिमी जियाचले जितका लागि निर्णायक गोल गरेका थिए।
म्यानचेस्टर सिटीले खेलमा दबाब बनाए पनि जित निकाल्न सकेन। सिटीका खेलाडीबाट आएको ११ प्रहारमध्ये तीनपटक पोस्टतर्फ प्रहार भए पनि गोलकिपर केपा एरिजाबालागले सहजै नियन्त्रणमा लिएका थिए।
अब सेमिफाइनलको विजेता चेल्सीले फाइनलमा लेस्टर सिटी र साउथह्याम्टनको विजेतासँग भिड्नेछ। दोस्रो सेमिफाइनल खेल आज राति हुँदैछ भने फाइनल खेल मे १५ मा हुनेछ।