काठमाडौँ- आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेटमाथि उठेका प्रश्नको आज (आइतबार) अर्थमन्त्री डा युवराज खतिवडाले जवाफ दिने भएका छन् ।
प्रतिनिधिसभामा जारी छलफल आजै सकिने र त्यसलगतै अर्थमन्त्री खतिवडाले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
शुक्रबार नै छलफल सक्नेगरि तयारी गरिए पनि बोल्ने सांसद्हरु बाँकी नै रहेकाले बजेटमाथिको सैद्धान्तिक छलफल आजसम्म लम्बिएको हो । राष्ट्रियसभामा भने शुक्रबार नै छलफल सकिएको छ ।
अर्थमन्त्रीको जवाफपछि संसद्मा मन्त्रालयगत रुपमा बजेटका शीर्षकमाथि छलफल सुरु हुनेछ । मन्त्रालयगत छलफलपछि विभागीय मन्त्रीले जवाफ दिनेछन्। मन्त्रीको जवाफपछि बजेट पारितको प्रक्रिया सुरु हुनेछ ।
संसद् सचिवालयले मन्त्रालयगत विवरण समेटिएको रातो किताब भाग दुई पाइसकेको छैन। उक्त विवरण प्राप्त भएपछि मन्त्रालयगत रूपमा बजेट छलफल हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४