शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • दुर्घटनामा अनुसन्धान विभाग वाग्मती प्रदेश कार्यालयका दुई कर्मचारीको मृत्यु

दुर्घटनामा अनुसन्धान विभाग वाग्मती प्रदेश कार्यालयका दुई कर्मचारीको मृत्यु

राष्ट्रिय अनुसन्धान विभाग वाग्मती प्रदेश कार्यालय हेटौंडामा कार्यरत दुई कर्मचारीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ। 
 |  बिहीबार, वैशाख २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २, २०७८

काठमाडौं - राष्ट्रिय अनुसन्धान विभाग वाग्मती प्रदेश कार्यालय हेटौंडामा कार्यरत दुई कर्मचारीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ। 

triton college

मृत्यु हुनेमा विभागका सूचक (हबल्दार) पदमा कार्यरत अन्दाजी ३८ वर्षीय शशिकान्त झा र सहायक सूचक (सिपाही) पदमा कार्यरत अन्दाजी ३० वर्षीय सानुकाजी चित्रकार रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। 

पूर्वपश्चिम राजमार्गअन्तर्गत  बाराको पिप्लेको  बालगङ्गा पुल नजिक मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा दुवैको उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ।

पथलैयाबाट निजगढतर्फ जाँदै गरेको ना२७प ६३६ नम्बरको मोटरसाइकलबाट बालगङ्गामा दुर्घटना भएको हो। सूचक झाको घटनास्थलमा मृत्यु भएको हो भने सहायक सूचक चित्रकारको वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको  प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 15, 2021| 06:22 बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।