कुलाङबारू । इलामको माइ नगरपालिकाका इन्द्रबहादु्र कुलुङ (प्रकाश)को मलेशियामा निधन भएको छ । मलेशियाको इनुभ्याली कम्पनिमा कार्यरत उनको बिहीबार राति मृत्यू भएको मलेशियामा रहेको प्रकाशका साथी भद्रमानलार्इ उदृत गर्दै इलामका हरिअसिम अधिकारीले नेपाल समयलार्इ जानकारी दिए ।
नियमित काम सकेर बिहीबार साँझ कोठामा फर्कीएका उनलार्इ शुक्रबार बिहान साथीहरूले मृत अवस्थामा फेला पारेका थिए । उनको शवलार्इ पोस्टमार्टमका लागि मलेशियाको कुलाङ्बारू अस्पतालमा पुर्याइएको छ ।
चन्द्र कुलुङका छोरा प्रकाशका श्रीमति तथा दुर्इ सन्तान छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४