बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • आर्थिक वर्ष सकिन तीन महिना बाँकी, अब करिब ७० प्रतिशत विकास खर्च होला?

आर्थिक वर्ष सकिन तीन महिना बाँकी, अब करिब ७० प्रतिशत विकास खर्च होला?

चालु आर्थिक वर्ष २०७७/७८ सकिन तीन महिना मात्रै बाँकी हुँदा करिब ३० प्रतिशत विकास खर्च मात्रै भएको छ। 
 |  बुधबार, वैशाख १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १, २०७८

काठमाडौं - चालु आर्थिक वर्ष २०७७/७८ सकिन तीन महिना मात्रै बाँकी हुँदा करिब ३० प्रतिशत विकास खर्च मात्रै भएको छ। 

triton college

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको ९ महिना सकिँदा २९.२२ प्रतिशत मात्रै विकास खर्च भएको हो। ७० प्रतिशत विकास खर्च हुन नै बाँकी छ।

चालु आर्थिक वर्षमा सरकारले ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख विकास बजेट छुटयाएकोमा चैत मसान्तसम्म १ खर्ब ३ अर्ब १२ करोड ९४ लाख  विकास खर्च भएको छ।

चालु आर्थिक वर्षमा कर्मचारी तलब एवं कार्यालय खर्चको रुपमा लिइने चालुगत तर्फको खर्च ५५ प्रतिशत भइसकेको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्म ५ खर्ब २५ अर्ब ९४ करोड ६८ लाख खर्च भएको छ। चालु आर्थिक वर्षमा चालुतर्फको बजेट ९ खर्ब ४८  अर्ब ९४ करोड ६ लाख विनियोजन गरेको छ।

वित्तिय व्यवस्थातर्फ कूल १ खर्ब ७२ अर्ब ७८ करोड ७३ लाख बजेट रहेकोमा चैत मसान्तसम्म ५७ अर्ब ५८ करोड ८५ लाख खर्च भएको छ। उक्त खर्च कूल वित्तिय व्यवस्थातर्फको बजेटको ३३.३३ प्रतिशत रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

corrent noodles
Metro Mart

चालु आर्थिक वर्षमा समग्रमा ४६.५६ प्रतिशत खर्च भएको कार्यालयको भनाइ छ। चालु आर्थिक वर्षमा कूल बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख रहेकोमा चैत मसान्तसम्म ६ खर्ब ८६ अर्ब ६६ करोड ४७ लाख खर्च भएको छ।

सरकारले लक्ष्य अनुसार बजेट खर्च गर्न नसकेपछि चालु आर्थिक वर्षको बजेट पनि गत माघमा मध्यावधि समिक्षा गर्दै घटाएको छ। नेपालमा बजेट खर्च अनुसार कामको प्रगति अर्थात् कामको मूल्याङ्कन गर्ने प्रचलन रहेको छ।

प्रकाशित: Apr 14, 2021| 05:32 बुधबार, वैशाख १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।